📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

नाजिरा महकुमाको नेपाली खुट्टीका बाढीपीडितलाई आग्सु बङ्गाईगाउँ जिल्ला समितिद्वारा आर्थिक सहयोग।

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:05 AM

बङ्गाईगाउँ, १३ अगस्ट २०२६: बाढीबाट प्रभावित नाजिरा महकुमाअन्तर्गत नेपाली खुटी क्षेत्रका पीडित परिवारहरूलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले अखिल असम गोर्खा छात्र संघ (आग्सु), बङ्गाईगाउँ जिल्ला समितिको तर्फबाट रु. २५,००० आर्थिक सहयोग प्रदान गरिएको छ।

हालै आएको बाढीका कारण नेपाली खुटी क्षेत्रका विभिन्न परिवारहरू प्रभावित भई दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका अवस्थामा पीडितहरूको दुःखमा साथ दिने तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले आग्सु बङ्गाईगाउँ जिल्ला समितिले उक्त आर्थिक सहयोग प्रदान गरेको हो। विपद्को यस कठिन घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने भावनाका साथ संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग अभियान सञ्चालन गरेको जिला कुरा समितिका सभापति प्रभाकर छेत्रीले व्यक्त छ।

यस राहत सहयोग अभियानलाई सफल बनाउन आग्सु बङ्गाईगाउँ टाउन आञ्चलिक समितिले विशेष पहल गर्दै घरदैलो तथा पसल–पसलमा पुगेर स्थानीय नागरिक तथा व्यवसायीहरूबाट आर्थिक सहयोग संकलन गरेको थियो। आञ्चलिक समितिले विभिन्न व्यक्तिहरूबाट संकलन गरेको सहयोग रकम बङ्गाईगाउँ जिल्ला समितिलाई हस्तान्तरण गरेपछि जिल्ला समितिको तर्फबाट उक्त रकम राहत सहयोगका रूपमा प्रदान गरिएको हो।

सामाजिक तथा मानवीय सेवाका कार्यमा निरन्तर सक्रिय रहँदै आएको आग्सुले विपद्को समयमा प्रभावित समुदायप्रति सहयोग, सहकार्य र ऐक्यबद्धता कायम राख्नु सबैको साझा दायित्व भएको जनाएको छ।

राहत सहयोग अभियानलाई सफल बनाउन घरदैलो तथा पसल–पसलमा पुगेर सहयोग संकलन गरी जिल्ला समितिलाई रकम हस्तान्तरण गरेकोमा आग्सु बङ्गाईगाउँ जिल्ला समितिले टाउन आञ्चलिक समितिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै, अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूप्रति समेत जिल्ला समितिले कृतज्ञता व्यक्त गरेको छ।

प्रतिवेदक: श्री योगेश गिरी, सूचना एवं प्रविधि सचिव, आग्सु, बङ्गाईगाउँ जिला समिति।

📤 Share this story
Scroll to Top