
बङाईगाउँ, १६ अगस्त: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बङाईगाउँ टाउन आञ्चलिक समितिको प्रतिनिधि सभा आज बङाईगाउँमा सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको सांगठनिक सुदृढीकरण, आगामी कार्यदिशा तथा गोर्खा छात्र-छात्रा हरूको हकहितका विषयमा छलफल गर्दै प्रतिनिधि सभा सम्पन्न भएको छ।
सभामा संगठनलाई अझ प्रभावकारी, अनुशासित र सक्रिय बनाउँदै विद्यार्थी तथा समाजका समसामयिक विषयहरूमा रचनात्मक भूमिका निर्वाह गर्ने विषयमा विशेष रूपमा छलफल भएको छ ।साथै, आगामी दिनमा संगठनका गतिविधिहरूलाई अझैं विस्तार गर्दै छात्र-छात्रा हरूको शैक्षिक, सामाजिक तथा सांगठनिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिनिधि सभामा भूतपूर्व सभापतिले आफ्नु व्याक्तिगत करणवर्श आफ्नु पदबाट पदत्याग गर्नु भएको क्रममा पुरानो समिति विगठन गरि नयाँ दर्विलो समिति गठन गर्दछ। आगामी कार्यकाल का लागि सभाले बिक्रम शर्मालाई सभापति र ओम दर्नाललाई मूल सचिव पदमा चयन गरेको छ। वहाहरूको नेतृत्वमा संगठनलाई अझैं सशक्त, गतिशील र व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित नयाँ कार्यसमिति गठन गरिएको छ।
नवनिर्वाचित सभापति तथा मूल सचिवले संगठनप्रति वहाहरूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारी, निष्ठा र सक्रियताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, संगठनका सम्पूर्ण सदस्य तथा प्रतिनिधिहरूलाई एकताबद्ध भएर संगठनको उद्देश्य र विद्यार्थीको हितका पक्षमा सक्रियतापूर्वक अघि बढ्न आह्वान गरिएको छ।
प्रतिनिधि सभाले बङाईगाउँ टाउन आञ्चलिक समितिको सांगठनिक गतिविधिलाई अझैं प्रभावकारी बनाउँदै आगामी दिनमा छात्र-छात्रा तथा समाजका विविध विषयमा रचनात्मक पहल गर्ने संकल्पसहित नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गरेको छ।
प्रतिवेदक: योगेश गिरि, सूचना एवं प्रविधि सचिव, आग्सु, बङगाईगाउँ जिल्ला समिति