All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #2
October 30, 2025

ढेकियाजुलीमा AAGSU को “समूहिया भाइटीका” तथा “सुरको साँझ” सम्पन्न ,जुबिन गार्गको सम्झनामा ऐक्य, संस्कृति र प्रेमको अनुपम पर्व

📅 October 30, 2025
✍️ AAGSU
🕒 12:06 AM

ढेकियाजुली, शोणितपुर, २३ अक्टोबर — गोर्खा समाजको पवित्र तिहार पर्वको अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) ढेकियाजुली आञ्चलिक समितिको आयोजनामा “समूहिया भाइटीका” तथा “सुरको साँझ” कार्यक्रम ढेकियाजुली गाउँमा विगत बिहीवार (२३ अक्टोबर) भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा गोर्खा सम्मेलन शोणितपुर, भागोप शोणितपुर, हाम्रो स्वाभिमान शोणितपुर, नेपाली साहित्य सभा ढेकियाजुली, भानुज्योति संघ , फुरी सांस्कृतिक संघ र गोर्खा सांस्कृतिक नारी गोष्ठीले सहयोग गरेका थिए।

कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित थिए —
Umesh Thapliyal, उपमहानिरीक्षक (DIG), SSB तेजपुर;
P. B. Chhetry, अवकाशप्राप्त अतिरिक्त उपनिदेशक, IB;
र Nareswar Upadhyay, अवकाशप्राप्त ACS।

त्यसैगरी शोणितपुर जिल्ला AAGSU सभापति दीपक सुब्बा, मुलसचिव हितेश पराजुली, AASU शिक्षा सचिव शंकर दास, ABSU शोणितपुर जिल्ला सभापति, ASAA, ढेकियाजुली प्रेस क्लब लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा अमर जनशिल्पी “लोहितकण्ठ” जुबिन गार्गप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको न्यायको मागसहित #JusticeForZubeenGarg हस्ताक्षर अभियान सञ्चालन गरियो। त्यसपछि गोर्खा महिलाहरूले “माया बिनी…” शीर्षक गीतका माध्यमबाट उपस्थित जनताको मन छुने प्रस्तुति दिए।

स्वागतकारीणी समितिका सभापति रजत भारद्वाज ले कार्यक्रमबारे जानकारी दिँदै भने, “भातृत्व र प्रेमको यो पवित्र पर्व गोर्खाहरूको मात्र होइन, हामी सबैको साझा पर्व हो।”

AAGSU का वर्तमान सभापति सुनिल छेत्री को सोचमा आधारित यो समूहिक भाइटीका कार्यक्रम सन् २०१६ देखि पुर्व केन्द्रीय सचिव सञ्जीव छेत्री र तत्कालीन जिल्ला सभापतिको कार्यकालमा सुरु भएको हो। गत वर्ष असमका १६ वटा स्थानमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको थियो। यस वर्ष सो परम्परालाई निरन्तरता दिँदै ढेकियाजुली आञ्चलिक समितिले गोर्खा महाजातिका विभिन्न जातीय तथा सामाजिक संगठनहरूको सहयोगमा यो भव्य कार्यक्रम आयोजना गरेको हो।

सांस्कृतिक भातृत्व, प्रेम र सामाजिक एकताको सन्देश फैलाउने यस कार्यक्रमले गोर्खा समाजको ऐक्य, गौरव र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाएको सहभागीहरूले बताएका छन्।

📤 Share this story
Scroll to Top