All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #13
January 15, 2026

सिलासुति क्षेत्रमा Gorkha FC लाई खेल सामग्री प्रदान….

📅 January 15, 2026
✍️ AAGSU
🕒 12:06 AM

सिलासुति,१३ जानुवारी: सिलासुति आञ्चलिक समितिको क्षेत्र अन्तर्गत सक्रिय रहेको Gorkha Football Team (Gorkha FC) को अनुरोधअनुसार आज मिति १३/०१/२०२६ का दिन खेल सामग्री सहयोग कार्यक्रम सम्पन्न भएको छ। स्थानीय युवालाई खेलकुदतर्फ प्रोत्साहित गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा जर्सी, फुटबललगायत आवश्यक खेल सामग्री टोलीलाई प्रदान गरिएको हो।
कार्यक्रममा वक्ताहरूले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई युवापुस्ताको शारीरिक, मानसिक र नैतिक विकासको महत्वपूर्ण आधार भएको धारणा व्यक्त गरे। खेलकुदले युवामा अनुशासन, एकता, सहनशीलता, नेतृत्व क्षमता तथा आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता सहयोग र पहलहरू समाजका लागि अत्यन्त आवश्यक र प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो।
सहयोग प्राप्त गरेको Gorkha FC का खेलाडीहरूले आगामी दिनहरूमा अझ बढी मेहनत, लगनशीलता र खेलप्रतिको इमानदारी कायम राख्दै आफ्नो क्षेत्र तथा समाजको नाम उज्यालो बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। स्थानीयस्तरबाटै प्रतिभा उत्पादन गरी राज्य तथा राष्ट्रियस्तरमा पहिचान बनाउने लक्ष्यसहित टोली अघि बढिरहेको जानकारी पनि सो अवसरमा दिइयो।
उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु), धेमाजी जिल्ला समितिका सभापति श्री सोमराज पुरीज्यू प्रमुख रूपमा उपस्थित रहनुभएको थियो। साथै सिलासुति आञ्चलिक समितिका सभापति अरुण खतिवडा, आञ्चलिक शिक्षा सचिव सूरज क्षेत्री, कार्यालय सचिव दीपक खतिवडा तथा अन्य विभिन्न तहका नेतृत्वहरू र स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा Gorkha FC का खेलाडीहरूको उज्ज्वल भविष्य, उत्तम स्वास्थ्य तथा खेलकुद क्षेत्रमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने कामनासहित शुभेच्छा तथा मंगलकामना व्यक्त गरिएको थियो। स्थानीय युवालाई सकारात्मक दिशातर्फ अग्रसर गराउने यस्ता पहलहरूले आगामी दिनमा अझ व्यापक रूप लिने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदन: अरुण खतिवडा- सभापति, सिलासुति आञ्चलिक समिति (आग्स)

📤 Share this story
Scroll to Top