
जामुगुरी (शोणितपुर), १ सेप्टेम्बर २०२६: शोणितपुर जिल्ला अन्तर्गत जामुगुरी, द्वीपाटोला निवासी स्वर्गीय मनोज छेत्रीको निधनप्रति अखिल असम गोर्खा छात्र संघ (आग्सु), विश्वनाथ जिल्ला अन्तर्गत सोतिया आञ्चलिक समितिले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
स्वर्गीय मनोज छेत्रीको निधनको दुःखद खबर प्राप्त भएपछि सोतिया आञ्चलिक गोर्खा छात्र संघका पदाधिकारी तथा सदस्यहरू शोकसन्तप्त परिवारलाई भेट्न उहाँको निवासमा उपस्थित भएका थिए। यस दुःखद घडीमा परिवारप्रति ऐक्यबद्धता जनाउँदै समितिले मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।
श्रद्धाञ्जली तथा शोक व्यक्त गर्न सोतिया आञ्चलिक समितिका सभापति श्रीमान धीराज भण्डारी, मूल–सचिव श्रीमान रोशन छेत्री, विश्वनाथ जिल्ला समितिका सह–सचिव श्रीमान अजित ढकाललगायत सोतिया आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
उपस्थित पदाधिकारी तथा सदस्यहरूले स्वर्गीय मनोज छेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरे। साथै, शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरिएको थियो।
समितिका तर्फबाट परिवारजनलाई यस दुःखद परिस्थितिमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) परिवार साथमा रहेको विश्वास दिलाइएको थियो। दुःखको यस घडीमा पीडित परिवारलाई आवश्यक सहयोग तथा साथ प्रदान गर्न संगठन सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
स्वर्गीय मनोज छेत्रीको निधनले परिवार, आफन्तजन तथा समाजमा अपूरणीय क्षति पुगेको बताउँदै उपस्थित सबैले उहाँको योगदान र सम्झनालाई सम्मानपूर्वक स्मरण गरेका थिए। कार्यक्रम भावपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
प्रतिवेदक : धीराज भण्डारी, सभापति, सोतिया आञ्चलिक समिति,