
टंला, ९ सेप्टेम्बर : आज अखिल असम गोर्खा छात्र संघ (आग्सु), टंला महाविद्यालय इकाइको नव निर्वाचित कार्यकारिणी समितिको शपथ ग्रहण समारोह सम्पन्न हुन्छ। महाविद्यालय इकाइका सभापति श्री विक्रम दर्जीको सभापतित्वमा सम्पन्न समारोहको सञ्चालन मूल सचिव श्री लोहित कटुवालले गरेका थिए।
समारोहमा नव निर्वाचित सभापति श्री नवीन छेत्री, मूल सचिव श्री मेघराज विश्वकर्मासहित नव नियुक्त कार्यकारिणी समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले आफ्नो जिम्मेवारीप्रति निष्ठावान् रही सङ्गठनको उद्देश्य, नीति तथा विधानअनुरूप कार्य गर्ने प्रतिबद्धतासहित शपथ ग्रहण गरेका थिए।
नव निर्वाचित कार्यकारिणी समितिलाई महाविद्यालय इकाइका पूर्व सभापति श्री अजय खर्काले शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण समारोहमा सङ्गठनको आगामी कार्यदिशा, विद्यार्थीका शैक्षिक तथा सामाजिक हितका विषयहरू र महाविद्यालयमा सङ्गठनलाई थप सुदृढ एवं सक्रिय बनाउने सम्बन्धमा पनि चर्चा गरिएको थियो।
समारोहमा उपस्थित पदाधिकारी तथा सदस्यहरूले नव निर्वाचित नेतृत्वको कार्यकाल सफल बनाउन आपसी एकता, अनुशासन र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नयाँ कार्यकारिणी समितिले विद्यार्थीहरूको हकहितका साथै शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै सङ्गठनलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।
शपथ ग्रहण समारोहले नव निर्वाचित कार्यकारिणी समितिलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्दै आगामी कार्यकालका लागि नयाँ उत्साह र प्रतिबद्धतासहित अघि बढ्ने वातावरण निर्माण गरेको छ।