All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #39
July 16, 2026

आग्सु देउश्री शाखा समितिद्वारा २१२औँ आदिकवि भानुभक्त जयन्ती भव्य रूपमा सम्पन्न

📅 July 16, 2026
✍️ AAGSU
🕒 12:05 AM

देउश्री, चिराङ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक अन्तर्गत देउश्री शाखा समितिको आयोजनामा २१२औँ आदिकवि भानुभक्त आचार्य जयन्ती श्रद्धा, सम्मान तथा साहित्यिक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व आग्सु देउश्री शाखा समितिका सभापति श्री मिलन गिरीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मूल सचिव श्री जीवन नेपालले गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भ शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीद तर्पण, एक मिनेट मौनधारण तथा दीप प्रज्वलनबाट गरिएको थियो। त्यसपछि रामायण पाठ, कविता प्रतियोगिता, अतिथि मन्तव्य, सांस्कृतिक नृत्य प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा आग्सु चिराङ जिल्ला समितिका सभापति श्री निश्चल गिरी उपस्थित हुनुहुन्थ्यो। अन्य विशिष्ट अतिथिहरूमा सुनगाभा आञ्चलिक समितिका मूल सचिव श्री बुद्ध लामा, सह–सचिव श्री दया लामा, गाउँबुढा (Headman) श्री लीला कुमार भुजेल, पूर्व गाउँबुढा श्री खडानन्द आचार्य, असम गोर्खा सम्मेलन चिराङ जिल्ला समितिका कार्यकारी सभापति श्री दिलमन भट्टराई, शिक्षक श्री विष्णु उपाध्याय, सुनगाभा आञ्चलिक समितिका पूर्व मूल सचिव श्री विक्रम दाहाल, आग्सु देउश्री शाखा समितिका पूर्व सभापति श्री अनुराग तिम्सिना, चिराङ जिल्ला S-UGPO का मूल सचिव श्री कृष्ण पोखरेल, असम गोर्खा सम्मेलन (AGS) देउश्री शाखा समितिका सभापति श्री गुरुनाथ पोखरेल, मूल सचिव श्री कैलाश घिमिरे, नेपाली साहित्य सभा देउश्री शाखा समितिका सभापति श्री प्रदीप कट्टेल, मूल सचिव श्री जनक भट्टराई, जगद्धात्री महिला संगठनकी अध्यक्ष श्रीमती बबिता पोखरेल, जगद्धात्री मन्दिर समितिका मूल सचिव श्री बसुदेव घिमिरे, S-UGPO का सल्लाहकार श्री लालबहादुर भुजेल, तथा देउश्री VCDC सदस्य श्री नारायण तिम्सिना र श्री कर्णबहादुर क्षेत्री लगायतको गरिमामय उपस्थिति रहेको थियो।
उक्त अवसरमा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानको चर्चा गर्दै उहाँका आदर्श र साहित्यिक विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउनु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो। साथै नेपाली भाषा, साहित्य, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा सबैले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमअन्तर्गत आयोजित कविता प्रतियोगिता तथा सांस्कृतिक नृत्य प्रदर्शनले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। उत्कृष्ट प्रतियोगीहरूलाई अतिथिहरूको बाहुलीबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको समापनमा सभापति श्री मिलन गिरीले उपस्थित सम्पूर्ण अतिथि, साहित्यप्रेमी, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता साहित्यिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा आग्सु देउश्री शाखा समिति सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।

📤 Share this story
Scroll to Top