All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #39
July 16, 2026

आग्सु उदालगुडी जिल्ला समितिको कार्यकारिणी सभा सम्पन्न, किशोर कश्यप जिला समितिको कार्यवाहक सभापति चयन।

📅 July 16, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, १२ जुलाई २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी जिल्ला समितिको कार्यकारिणी सभा आज सफलतापूर्वक सम्पन्न भएको छ। सभाको सभापतित्व जिल्ला समितिका सम्माननीय सभापति राम छेत्री ज्यूले गर्नुभएको थियो भने सभा सञ्चालन जिल्ला समितिका मूलसचिव किशोर सिर्पाली ज्यूले गर्नुभएको थियो।

सभामा संगठनको समसामयिक गतिविधि, सांगठनिक सुदृढीकरण तथा आगामी १५ जुलाई २०२६ मा धेमाजी जिल्लाको सिलापथारमा आयोजना हुने अखिल असम गोर्खा छात्र संघको १८औँ द्विवार्षिक प्रतिनिधि सभा सफल बनाउन उदालगुडी जिल्ला समितिले निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी तथा आवश्यक सहयोगबारे विस्तृत छलफल गरिएको थियो।

छलफलपश्चात् सभाले सर्वसम्मतिले निम्न प्रस्तावहरू पारित गरेको छः

१. आगामी १८औँ द्विवार्षिक प्रतिनिधि सभामा उदालगुडी जिल्ला समितिबाट केन्द्रीय समितिमा प्रतिनिधित्वका लागि जिल्ला समितिका सम्माननीय सभापति राम छेत्री ज्यूको नाम सर्वसम्मतिले प्रस्ताव गर्ने निर्णय गरियो।

२. जिल्ला समितिका सभापति राम छेत्री ज्यू प्रतिनिधि सभाको कार्यव्यस्ततामा रहने भएकाले संगठनको दैनिक कार्य सञ्चालनलाई प्रभावकारी बनाउन किशोर काश्यप ज्यूलाई अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको भारप्राप्त सभापतिको जिम्मेवारी सर्वसम्मतिले प्रदान गर्ने निर्णय गरियो।

सभाले आगामी प्रतिनिधि सभालाई ऐतिहासिक, व्यवस्थित तथा सफल बनाउन उदालगुडी जिल्ला समितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई सक्रिय, अनुशासित र समन्वयात्मक रूपमा भूमिका निर्वाह गर्न समेत आह्वान गरेको छ।

प्रतिवेदक : किशोर सिर्पाली-मुल सचिव, उदालगुडी जिल्ला समिति

📤 Share this story
Scroll to Top