
बाक्सा 07 जुन – आजअखिल असम गोर्खा छात्र संघ नवगठित हिमाली आञ्चलिक समितिको वर्धित कार्यकारिणी सभा साथै रहल शपथ समारोह सुसम्पन्न हुन्छ।
सोही अवसरमा आग्सु हिमाली आञ्चलिक समितिको नयाँ कार्य समिति पनि सर्वसम्मत रूपमा पठन गरिएको छ। नवनिर्वाचित समितिको प्रमुख सल्लाहकारमा पृथु पराजुली तथा सल्लाहकारमा जीवन गौतम चयन भएका छन् । त्यसैगरी सभापतिमा श्री प्रदीप राई उपसभापति हरुमा – श्री सागर शर्मा , श्री अशोक निरौला,श्री फतिक मगर तथा मुलसचिव श्री अजय विश्वकर्मा चयन भएका छन।
नयाँ समितिको अन्यपदाधिकारी हरुमा सचिव श्री रिकाश अधिकारी , श्री ओम प्रकाश गौतम ,श्री चन्दन अधिकारी ,सांगठनिक सचिव श्री सुरेश कटुवाल ,शिक्षा सचिव श्री श्रद्धा बराल ,प्रचार सचिव श्री आकाश गुरागाईं , कार्यालय सचिव श्री दिनेश कार्की , खेल सचिव श्री राहुल पोखरेल , सांस्कृतिक सचिव श्री लोक बहादुर विश्वकर्मा तथा स्वयंसेवक प्रमुख श्री सरोज घिमिरे चयन भएका छन्। सदस्य हरुमा श्री शान्तिराम अधिकारी, श्री तेजीमला कार्की , श्री मनोज खतीओडा र श्री कबीर सुवेदी रहेका छन्।
नवनिर्वाचित समितिलाई कार्यक्रममा उपस्थित विभिन्न वक्ता हरुले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकमना व्यक्त गरेका थिए। नयाँ नेतृत्व ले संगठनको आदर्श , अनुशासन तथा गोर्खा समाजको हितलाई केन्द्रमा राखेर दुई वर्षसम्म जिम्मेवारीपूर्वक कार्य गर्दै संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउन विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम उत्शापूर्ण वातावरणमा सम्पन्न भएको थियो भने अन्त्यमा जय गोर्खा तथा एउटै खुन एउटै जाति राखौं भरोसा आग्सु माथि को नारा सहित कार्यक्रम समापन गरिएको थियो ।
प्रतिबेदक – श्री आकाश गुरागाईं, प्रचार सचिव हिमाली आञ्चलिक समिति आग्सु ।