All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #14
January 22, 2026

तिनसुकियामा स्व. प्रशान्त तामाङप्रति आग्सुद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

📅 January 22, 2026
✍️ AAGSU
🕒 12:05 AM

डिगबोई १२ जानुवारी: अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समिति अन्तर्गत विभिन्न आञ्चलिक समितिको आयोजनामा स्वर्गीय प्रशान्त तामाङप्रति श्रद्धाञ्जली ज्ञापन कार्यक्रम शान्त, मर्यादित र भावनात्मक वातावरणमा सम्पन्न भयो। प्रख्यात गायक प्रशान्त तामाङज्यूको आकस्मिक निधनले समग्र गोर्खा समाज मात्र नभई सम्पूर्ण गोर्खाली सङ्गीत जगतलाई गहिरो शोकमा डुबाएको सन्दर्भमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको विशेष सूचनाअनुसार उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।
श्रद्धाञ्जली अनुष्ठानमा
डिगबोई आञ्चलिक समितिबाट सभापति रामु नेवार, उप–सभापति बासु जैसी, कार्यालय सचिव रोशन सोनार तथा सदस्य स्याम सोनारको उपस्थिति रहेको थियो। त्यसैगरी बापापुंग मुलियाबारी शाखा समितिबाट सभापति सन्जु छेत्री, सदस्य विशाल छेत्री र मनिष शर्माले सक्रिय सहभागिता जनाउँदै दिवंगत आत्माप्रति श्रद्धा व्यक्त गरे।
माकुम आञ्चलिक समिति बाट सभापति मिलन अधिकारी, जिल्ला सांगठनिक सचिव जतन प्रधान, आञ्चलिक समिति का सह सचिव कृति कुमार शर्मा, र मित्रे उपाध्याय, भोलिन्टियर चिफ अर्जुन शर्मा सुन्दर नगर शाखा समिति र सुन्दर नगर नारी परिषद का कर्मकर्ता साथै स्थानीय बुद्धिजीवी हरुको सक्रिय सहभागिता जनाउँदै दिवंगत आत्माप्रति श्रद्धा व्यक्त गरे।
तिङराई आञ्चलिक समिति बाट सभापति मोहन छेत्री, मूल सचिव प्रवेश छेत्री, जिल्ला सह सचिव मिलन शर्मा को साथै स्थानीय बुद्धिजीवी हरुको सक्रिय सहभागिता जनाउँदै दिवंगत आत्माप्रति श्रद्धा व्यक्त गरे।
माधवपुर बोर्दुमसा आञ्चलिक समिति बाट सभापति नर प्रधान, मूल सचिव सीताराम छेत्री, केन्द्र समिति का खेल कुद सचिव हीरा प्रधान, जिल्ला समिति का सदस्य दिलीप छेत्री, माधवपुर बोर्दुमसा आञ्चलिक नारी परिषद साथै विभिन्न शाखा समिति हरुको सक्रिय सहभागिता जनाउँदै दिवंगत आत्माप्रति श्रद्धा व्यक्त गरे।
पश्चिम सदिया आञ्चलिक समिति बाट सभापति जितु छेत्री, मूल सचिव विवेक छेत्री र विभिन्न कर्मकर्ता सक्रिय हरुको सहभागिता जनाउँदै दिवंगत आत्माप्रति श्रद्धा व्यक्त गरे।

यसरीनै तिराप जागुन आञ्चलिक समिति, पावई केटेटोङ आञ्चलिक समिति, पुब सदिया आञ्चलिक समिति, फिलोबारी आञ्चलिक समिति, धौला सैखुवा आञ्चलिक समिति, तिनसुकिया आञ्चलिक समिति, मार्घेरिटा आञ्चलिक समिति हरुले कार्यक्रमको सुरुआत मौन धारणसहित स्व. प्रशान्त तामाङज्यूको तस्बिरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली गरिएको थियो। उपस्थित वक्ताहरूले उहाँको सरल व्यक्तित्व, सङ्गीतप्रतिको समर्पण र गोर्खाली गीत–सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले प्रशान्त तामाङज्यू केवल एक लोकप्रिय गायक मात्र नभई गोर्खा युवाहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे।
आग्सु केन्द्रीय समितिद्वारा जारी विशेष सूचनाअनुसार, प्रशान्त तामाङज्यूको असामयिक निधन गोर्खाली सङ्गीत जगतका लागि अपूरणीय क्षति भएको भन्दै सबै क्षेत्रीय, जिल्ला, आञ्चलिक तथा शाखा समितिहरूलाई आ–आफ्नो स्थानमा सामूहिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न आह्वान गरिएको थियो। सोही निर्देशनको पालना गर्दै तिनसुकिया जिल्ला अन्तर्गत विभिन्न आञ्चलिक समितिले मर्यादित ढङ्गले कार्यक्रम सम्पन्न गरेको जनाइएको छ।
कार्यक्रमका क्रममा उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरे। साथै, प्रशान्त तामाङज्यूको सम्झनामा उहाँका गीत–सङ्गीत सधैं जीवित रहने र उहाँको योगदान गोर्खा समाजले कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गरियो।
अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले सामाजिक, सांस्कृतिक तथा भावनात्मक विषयहरूमा सधैं समाजसँग एकताबद्ध भई अघि बढ्ने सन्देश दिँदै, यस्ता श्रद्धाञ्जली कार्यक्रमहरूले समुदायबीच एकता र आपसी सद्भाव अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।

प्रतिवेदन: जतन प्रधान- सांगठनिक सचिव, तिनसुकिया जिला समिति ( आग्सु)।

📤 Share this story
Scroll to Top