All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #14
January 22, 2026

निर्दिष्ट वक्ताको रुपमा केन्द्रीय मूल-सचिव नुमल छेत्रीको उपस्थितिमा डिमाकुचि आञ्चलिक समितिको १९औँ द्वि–वार्षिक अधिवेशन सफल समापन

📅 January 22, 2026
✍️ AAGSU
🕒 12:04 AM

डिमाकुचि, २१ जनवरी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमाकुचि आञ्चलिक समितिको १९औँ द्वि–वार्षिक अधिवेशन मिति १७ र १८ जनवरी २०२६ का दिन गौशाला शाखा समितिको अन्तर्गत गौशाला बापुजी मध्य अंग्रेजी विद्यालयको खेल मैदान प्राङ्गणमा भव्य, अनुशासित तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भयो। स्वागतकारिणी समिति र आग्सु डिमाकुचि आञ्चलिक समितिको पहलमा सम्पन्न उक्त अधिवेशनले संगठनात्मक सुदृढीकरण, विद्यार्थी एकता, सामाजिक चेतना र गोर्खा समाजको उज्ज्वल भविष्य निर्माणलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको थियो।
दुईदिने अधिवेशनको पहिलो दिन मिति १७ जनवरी २०२६ मा आञ्चलिक समितिको प्रतिनिधि सभा हुन्छ त्यस प्रतिनिधि सभामा पर्यवेक्षको रुपमा जिल्ला समितिबाट उपस्थित हुनुहुन्थ्यो- जिल्ला उपसभापति श्री सञ्जिव खतिवडा, सांगठनिक सचिव- पवन खनाल, कार्यालय सचिव- राम बस्नेत, श्रीरुपम आत्रेयज्यु उक्त पर्यवेक्षक को अगुवाइमा नयाँ आञ्चलिक समिति गठन गरियो। प्रतिनिधि सभाले सर्वसम्मत रूपमा डिमाकुचि आञ्चलिक समितिको नवगठित समिति गठन गर्दै सभापतिमा श्री बिनोद लम्साललाई चयन गर्‍यो। उप–सभापतिहरूमा श्री लक्ष्मण लामा, श्री ख्यामराज चापागाई, श्री बुद्धीमान उप्रेती र श्री शिव अधिकारी चयन भए। मूल–सचिवमा श्री प्रकाश बुढाथोकी, सचिवहरूमा श्री बाला कृष्ण अधिकारी, श्री अर्जुन लामा र श्री कर्ण थापा चयन गरिए। सांगठनिक सचिवका रूपमा श्री अर्जुन अधिकारी र श्री धर्मराज फुयाँल, शिक्षा सचिवमा श्री खगेन पाठक, प्रचार सचिवमा श्री विशाल पौडेल, सांस्कृतिक सचिवमा श्री तेज प्रसाद भण्डारी, मुखपात्र सचिवमा श्री कुवेर गौतम, स्वयंसेवक प्रमुखमा श्री कुमार सुबेदी, कार्यालय सचिवमा श्री दिलिप संञ्जेल तथा खेलकुद सचिवमा श्री बिजय कोइराला चयन भए। त्यस्तै कार्यकारी सदस्यहरूमा श्री राजिव पौडेल, श्री राजु अधिकारी, श्री मन्दिप भुसाल, श्री मनिष गौतम, श्री किशोर कोइराला, श्री विशाल अधिकारी, श्री बिजय लामा, श्री लक्ष्मन अधिकारी र श्री सन्जय गिरी चयन भई समिति गठन प्रक्रिया मिति १७ जनवरी २०२६ कै दिन सम्पन्न भयो।


अधिवेशनको दोस्रो दिन मिति १८ जनवरी २०२६ आइतवार दिउँसो ठीक २ बजे अनुष्ठित आम सभामा केन्द्रिय समितिका मूल सचिव श्रीमान नुमल चेत्री निर्दिष्ट वक्ताको रूपमा उपस्थित भई अधिवेशनलाई सम्बोधन गर्नुभयो। उहाँको उपस्थितिले सम्पूर्ण अधिवेशनस्थलमा थप ऊर्जा र उत्साहको संचार भयो। आफ्नो ओजपूर्ण र विचारोत्तेजक वक्तव्यमा माननीय नुमल चेत्रीले विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान समयका चुनौती तथा भावी पुस्ताले वहन गर्नुपर्ने जिम्मेवारीबारे गहिरो रूपमा प्रकाश पार्नुभयो। उहाँले शिक्षा, अनुशासन, संगठनभित्रको एकता र वैचारिक स्पष्टतामार्फत मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्दै आग्सुजस्ता संगठनहरू नेतृत्व निर्माणको महत्वपूर्ण थलो भएको उल्लेख गर्नुभयो। साथै अधिकारप्राप्तिका सवालमा शान्तिपूर्ण, संगठित र जिम्मेवार आन्दोलन अपरिहार्य रहेको उहाँको जोड थियो।
१८ तारिख खुल्ला सभामा जिल्लाबाट उपस्थित हुनुहुन्थ्यो जिल्ला सभापति श्री राम छेत्री, कार्यकारी सदस्य श्री दिपक अधिकारी, मुखपत्र सचिव श्री धर्मेन्द्र गौतम। बिटिआर रिजन समितिका सभापति श्री रोहित कुमार दाहाल, सचिव श्री शुदर्शन भुसाल।
उक्त अधिवेशनमा स्वागतकारिणी समितिका सभापति श्री धिराज बराल, कार्यकारी सभापति श्री केदार भण्डारी, संयुक्त सचिव श्री विनोद लम्साल र श्री भीम कटोवाल, उप–सभापतिहरू श्री सुदर्शन भुषाल, श्री किशोर सिवाकोटी र श्री भीम सिटौला, सह–सचिवद्वय श्री राजु अधिकारी र श्री विशाल पौडेल, कोषाध्यक्ष श्री मोहन सिटौला तथा कार्यालय सचिव श्री प्रेम खड्का सक्रिय रूपमा सहभागी रहनुभएको थियो। अधिवेशनको सम्पूर्ण व्यवस्थापन र सफल सञ्चालनमा श्री अञ्जन कटुवाल, श्री ख्यामराज चापागाँई, श्री एनजम कटोरे, श्री खेली, श्री विनोद लम्साल तथा स्वागतकारिणी समिति सदस्यहरूको अथक योगदान उल्लेखनीय रह्यो।
अधिवेशनका क्रममा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी कार्यकालका नीति तथा कार्यक्रममाथि गम्भीर छलफल भयो। शिक्षा, रोजगार, सामाजिक न्याय र गोर्खा विद्यार्थीहरूको हक–हितका विषयमा प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखे। सांस्कृतिक कार्यक्रमहरूले अधिवेशनलाई थप जीवन्त बनाउँदै गोर्खा समुदायको मौलिक संस्कृति र पहिचानलाई उजागर गर्‍यो।
समग्रमा, माननीय नुमल चेत्रीको दिशानिर्देशक वक्तव्य, सफल समिति गठन र सार्थक छलफलले आग्सु डिमाकुचि आञ्चलिक समितिको १९औँ द्वि–वार्षिक अधिवेशनलाई ऐतिहासिक र प्रेरणादायी बनाएको सहभागीहरूको साझा अनुभूति रह्यो। आयोजक समितिले उक्त अधिवेशनले आगामी दिनहरूमा संगठनलाई अझ संगठित, अनुशासित र उद्देश्यकेन्द्रित दिशामा अघि बढ्न महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको विश्वास व्यक्त गरेको छ।
प्रतिवेदक: प्रकाश बुढाथोकि- मूल सचिव, डिमाकुचि आञ्चलिक समिति,आग्सु।

📤 Share this story
Scroll to Top