All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #29
May 7, 2026

आम्रेङ–कपिलि आञ्चलिक समितिको चौथो द्विवार्षिक अधिवेशन १० मे मा; नयाँ समिति गठन हुने

📅 May 7, 2026
✍️ AAGSU
🕒 12:06 AM

लम्बापथार, ६ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को आम्रेङ–कपिलि आञ्चलिक समितिको चौथो द्विवार्षिक अधिवेशन तथा प्रतिनिधि सभा आगामी १० मे २०२६ का दिन आयोजना हुने भएको छ। संगठनको सुदृढीकरण, भावी कार्ययोजना निर्माण तथा आञ्चलिक स्तरमा देखा परेका विविध विषयहरूमाथि गहन छलफल गर्ने उद्देश्यले आयोजना हुन गइरहेको यस अधिवेशनलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ।

उक्त प्रतिनिधि सभा दिनको ठीक १२ बजेदेखि सुरु हुने तय गरिएको छ। कार्यक्रमको आयोजना स्थल पश्चिम कार्बी आङलङ जिल्लास्थित आग्सुको जिल्ला कार्यालय, लम्बापथार निर्धारण गरिएको छ, जहाँ आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको छ। अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गरिएका छन् भने प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न आह्वान प्रक्रिया पनि जारी रहेको छ।

यस प्रतिनिधि सभामा आम्रेङ–कपिलि आञ्चलिक समितिका सम्पूर्ण पदाधिकारीहरू, प्रतिनिधिहरू, सल्लाहकारहरू तथा सक्रिय सदस्यहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। अधिवेशनका क्रममा संगठनको विगत दुई वर्षको कार्यप्रगतिको समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुतिकरण, संगठनलाई थप सशक्त बनाउने रणनीति निर्माण तथा विद्यार्थी र समाजसँग सम्बन्धित ज्वलन्त मुद्दाहरूमा गम्भीर मन्थन हुने कार्यक्रम रहेको छ।

विशेष रूपमा, नयाँ आञ्चलिक समिति गठन गरिने क छ। प्रतिनिधि सभामार्फत लोकतान्त्रिक प्रक्रियाअनुसार नयाँ नेतृत्व चयन गरिनेछ, जसले आगामी कार्यकालका लागि संगठनलाई दिशा प्रदान गर्ने विश्वास गरिएको छ। नयाँ नेतृत्व चयनसँगै संगठनलाई अझ सक्रिय, उत्तरदायी र सशक्त बनाउने अपेक्षा गरिएको छ।
यस महत्वपूर्ण अवसरमा सम्बन्धित सबै पदाधिकारी, प्रतिनिधि तथा सदस्यहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरिएको छ। साथै, अधिवेशनमार्फत संगठनको एकता, अनुशासन र प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै विद्यार्थी तथा गोर्खा समाजका हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिवेदक: रोशन शर्मा- सभापति, आम्रेङ कपिलि आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top