All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #31
May 21, 2026

आग्सु ढेकियाजुली आञ्चलिक समितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न

📅 May 21, 2026
✍️ AAGSU
🕒 12:06 AM

ढेकियाजुली, १७ मई २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) ढेकियाजुली आञ्चलिक समितिको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम आज आइतबार भव्य तथा सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। संगठनलाई अझ सशक्त, गतिशील तथा जनमुखी बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा आग्सुका आदर्श, उद्देश्य तथा संगठनात्मक जिम्मेवारीबारे विशेष चर्चा गरिएको थियो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठनप्रति पूर्ण निष्ठा, इमानदारी तथा समर्पणका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै औपचारिक रूपमा शपथ ग्रहण गरेका थिए। कार्यक्रममा संगठनको आगामी कार्ययोजना, विद्यार्थी तथा समाजहितका विभिन्न विषयहरूमा समेत सकारात्मक छलफल भएको थियो।

यस विशेष अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) शोणितपुर जिल्ला समितिका प्रचार सचिव श्री राजेन्द्र दाहालज्यू तथा जिल्ला समितिका सदस्य श्री रजत भारद्वाजज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूले कार्यक्रममा उपस्थित भई संगठनात्मक एकता, अनुशासन तथा सक्रियताको महत्वबारे प्रेरणादायी मन्तव्य राख्नुभएको थियो। साथै, आग्सुको मूल उद्देश्यलाई गाउँ–गाउँसम्म पुर्‍याउँदै विद्यार्थी तथा समाजको हकहितका लागि निरन्तर कार्य गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभएको थियो।

उहाँहरूको महत्वपूर्ण उपस्थितिले कार्यक्रममा थप ऊर्जा तथा उत्साह प्रदान गरेको सहभागीहरूले बताएका छन्। आफ्नो व्यस्त समयका बीच पनि कार्यक्रममा उपस्थित भई मार्गदर्शन तथा हौसला प्रदान गर्नुभएकोमा सम्पूर्ण आग्सु ढेकियाजुली आञ्चलिक समितिको तर्फबाट उहाँहरूप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गरिएको छ।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने अन्त्यमा संगठनलाई आगामी दिनहरूमा अझ सुदृढ तथा प्रभावकारी बनाउँदै लैजाने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिवेदक: प्रान्जल खर्का- प्रचार सचिव, ढेकियाजुली आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top