All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #31
May 21, 2026

आग्सु बाक्सा जिला समितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न

📅 May 21, 2026
✍️ AAGSU
🕒 12:05 AM

बाक्सा, १८ मई २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बाक्सा जिला समितिको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम आज सोमबार भव्य तथा सभ्य वातावरणमा सफलतापूर्वक सुबनखाटा आञ्चलिक समितिको कार्यलय मा सम्पन्न भएको छ। संगठनलाई अझ सशक्त, गतिशील तथा जनमुखी बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा जिला समितिका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा आग्सुका आदर्श, उद्देश्य तथा संगठनात्मक जिम्मेवारीबारे विशेष चर्चा गरिएको थियो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठनप्रति पूर्ण निष्ठा, इमानदारी तथा समर्पणका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै औपचारिक रूपमा शपथ ग्रहण गरेका थिए। शपथ बाक्य पाठ तथा शपथ कार्यसुचि केन्द्रीय समिति आग्सु का सांगठनिक सचिव प्रकाश कोइरालाले चलाउनु हुन्छ। कार्यक्रममा संगठनको आगामी कार्ययोजना, विद्यार्थी तथा समाजहितका विभिन्न विषयहरूमा समेत सकारात्मक छलफल भएको थियो।

यस विशेष अनुष्ठान मा अखिल असम गोर्खा छात्र संघ (आग्सु)केन्द्रीय समितिका शिक्षा सचिव श्रीमान टिङ्कु पौडेल, साहित्य सचिव श्रीमान दिपक दाहाल, सांगठनिक सचिव श्रीमान प्रकाश कैराला ज्यु साथै बिटिसि क्षेत्रीय समिति का मुल सचिव श्रीमान राजु सुवेदी उपस्थित रहनु हुन्छ।साथै बिटिसि क्षेत्रीय समिति का प्राक्तन सभापति र मुल सचिव क्रमश श्रीमान जीबन भट्टराई र दीर्घ तामांग तथा असम नेपाली साहित्य सभा का शिक्षा सचिव श्रीमान पृथीबिलाश भट्टराई ज्यु उपस्थित रहेर सभा को गरिमा बडाई दिनु हुन्छ। उहाँहरूले कार्यक्रममा उपस्थित भई संगठनात्मक एकता, अनुशासन तथा सक्रियताको महत्वबारे प्रेरणादायी मन्तव्य राख्नु का साथै असम का बिद्यालय हरुमा बर्तमान समय मा नेपाली किताब पर्याप्त मात्रामा उपलब्ध नभएकाले बिषय पठन-पाठन को क्षेत्र मा असुविधा भएको कुरा आग्सु मा अवगत गराउनु हुन्छ र यस बिषयमा गहन चर्चा पश्चात चाडै आग्सु, अगोस तथा अनेसास जुटिया सल्लाह गरि यसको हल निकालने कुरा केन्द्रीय समिति आग्सु का शिक्षा सचिव श्रीमान टिङ्कु पौडेल ले व्यक्त गर्नु हुन्छ। साथै, आग्सुको मूल उद्देश्यलाई गाउँ–गाउँसम्म पुर्‍याउँदै विद्यार्थी तथा समाजको हकहितका लागि निरन्तर कार्य गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभएको थियो।

उहाँहरूको महत्वपूर्ण उपस्थितिले कार्यक्रममा थप ऊर्जा तथा उत्साह प्रदान गरेको सहभागीहरूले बताएका छन्। आफ्नो व्यस्त समयका बीच पनि कार्यक्रममा उपस्थित भई मार्गदर्शन तथा हौसला प्रदान गर्नुभएकोमा सम्पूर्ण आग्सु बाक्सा जिला समितिको तर्फबाट उहाँहरूप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गरिएको छ।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने अन्त्यमा संगठनलाई आगामी दिनहरूमा अझ सुदृढ तथा प्रभावकारी बनाउँदै लैजाने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिवेदक: पवन सोनारी सुचना एवं प्रविधि सचिव, बाक्सा जिला समिति आग्सु।

📤 Share this story
Scroll to Top