All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #32
May 28, 2026

आग्सु, डिमाकुचि आञ्चलीक अन्तर्गत खाग्राबारि/दहलाहाबि शाखा समितिको नयाँ समिति गठन सम्पन्न।

📅 May 28, 2026
✍️ AAGSU
🕒 12:07 AM

डिमाकुची, २३ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमाकुची आञ्चलिक समितिअन्तर्गत खाग्राबारि/दहलाहाबि शाखा समितिको प्रतिनिधि सभा सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको सर्वाङ्गीण विकास, संगठनलाई अझ सुदृढ बनाउने तथा समाज र जातीय हितका कार्यहरूलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ नयाँ समिति गठन गरिएको छ।

उक्त प्रतिनिधी सभाले नवगठित शाखा समितिको सभापतिमा श्री लक्षण अधिकारी तथा मूल सचिवमा श्री सन्तोष कार्की चयन भएका छन्। साथै अन्य पदाधिकारीहरूको समेत चयन गरी एक सक्षम र सशक्त समिति निर्माण गरिएको जानकारी प्राप्त भएको छ।

कार्यक्रममा डिमाकुची आञ्चलिक समितिका सभापति श्री बिनोद लम्सालज्यू, उपसभापति श्री शिव अधिकारीज्यू, मूल सचिव श्री प्रकाश बुढाथोकीज्यू, शिक्षा सचिव श्री खगेन पाठकज्यू, सांगठनिक सचिव श्री धर्मानन्द फुऐलज्यू तथा स्वयंसेवक प्रमुख श्री कुमार सुबेदीज्यूको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी बिटिसी क्षेत्रीय समितिका सचिव श्री सुदर्शन भुसालज्यू, खाग्राबारि जनता स्कूलका शिक्षक श्री विष्णु भुसाल सर, शिक्षक श्री बिकाश भुसाल तथा स्थानीय बुद्धिजीवी, अभिभावक र समाजसेवी व्यक्तित्वहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

सभामा वक्ताहरूले विद्यार्थी संगठन समाज निर्माणको एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई शिक्षा, अनुशासन, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्न आग्रह गरेका थिए। साथै समाजको प्रगति र जातीय हितका विषयहरूमा युवा पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको कुरामा पनि जोड दिइएको थियो।

कार्यक्रमको अन्त्यमा डिमाकुची आञ्चलिक समितिले नवगठित समितिका सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै संगठनलाई अझ उचाइमा पुर्‍याउने तथा विद्यार्थी, समाज र जातीय हितका कार्यहरूमा समर्पित भावनाका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ।

📤 Share this story
Last Story in Issue →
Scroll to Top