All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #33
June 4, 2026

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बेंतलमा अभिनन्दन कार्यक्रम सम्पन्न l

📅 June 4, 2026
✍️ AAGSU
🕒 12:07 AM

बेंतल, 31 मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुनगाभा आञ्चलिक समिति अन्तर्गत बेंतल शाखा समितिको उद्योग तथा ए.जी.एस बेंतल शाखा समिति र गाउँ उन्नय समिति को सहयोगमा द उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने 15 जना विद्यार्थीलाई विशेष अभिनन्दन गरिएको छ। शाखा समितिको मुख्य कार्यालयमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूको मेहनत, लगनशीलता तथा शैक्षिक सफलताको सम्मान गर्दै थप प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रमको सभापतित्व बेंतल शाखा समिति आग्सुका सभापति श्री रोहित भट्टराई ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शाखा समितिका मूल सचिव श्री करण नेवारले गर्नु भएको थियो।

उक्त अभिनन्दन समारोहमा मुख्य अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघ, बिटिसि क्षेत्रीय समितिका उप-सभापति श्री प्रकाश छेत्रीज्यु उपस्थित रहनु भएको थियो। त्यसैगरी अनुप्रेरक वक्ताको रूपमा अखिल असम गोर्खा छात्र संघ, चिराङ जिल्ला समितिका सांगठनिक सचिव श्री उत्तम सुवेदी ज्यूको विशेष उपस्थिति रहेको थियो।

साथै उक्त अनुष्ठानमा अखिल असम गोर्खा छात्र संघ, चिराङ जिल्ला समितिका सवं सेवक श्री उद्धव सुवेदी ज्यु, आञ्चलिक समितिका उप-सभापति श्री सुभम नेवार ज्यु, सांगठनिक सचिव श्री किरण नेपालज्यू, गाउँ उन्नयन समितिका मूल सचिव श्री नारायण भट्टराईज्यू, असम गोर्खा सम्मेलन चिराङ जिल्ला समितिका उपाध्यक्ष श्री देवी प्रसाद नेवारज्यू, बेंतल शाखा समिति AGS का सभापति श्री चक्रप्रसाद भट्टराईज्यू, मूल सचिव श्री अमलकुमार नेवारज्यू, बेंतल शाखा समिति AAGSU का पूर्व अध्यक्ष श्री विजय नेवारज्यू तथा बेंतल–दुर्गापुर राजस्व गाउँका गाउँबुढा श्री टंका नेवारज्यू को गरिमामय उपस्थिति रहेको थियो।

वक्ताहरूले विद्यार्थीहरूको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई समाज र समुदायको गौरव भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि अझ उच्च लक्ष्य निर्धारण गरी निरन्तर मेहनत गर्न आग्रह गर्नुभयो। साथै, शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको विचार व्यक्त गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

प्रतिवेदन: श्री नबिन थापा, सभापति, आग्सु, सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Last Story in Issue →
Scroll to Top