All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

असम गोर्खा सम्मेलनको २८औँ त्रि-वार्षिक अधिवेशनका लागि स्वागतकारिणी समिति गठन, आग्सुको सक्रिय सहभागिता।

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:04 AM

उदालगुडी, २१ जुन २०२६ : असम गोर्खा सम्मेलन केन्द्रीय समितिको २८औँ त्रि-वार्षिक अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले आज उदालगुडीमा आयोजित एक साधारण सभामार्फत स्वागतकारिणी समिति गठन गरिएको छ। असम गोर्खा सम्मेलन, उदालगुडी जिल्ला समितिका सभापति श्री पवन लुईँटेलज्यूको सभापतित्वमा सम्पन्न उक्त सभालाई जिल्ला समितिका मूल सचिव श्री भवेन छेत्रीज्यूले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का तर्फबाट केन्द्रीय प्रचार सचिव श्री सोमराज सोनार, बिटिसि क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहाल, उदालगुडी जिल्ला समितिका सभापति श्री राम छेत्री, मूल सचिव श्री किशोर सिर्पाली लगायत अन्य छात्र कर्मीहरूको उल्लेखनीय तथा सक्रिय सहभागिता रहेको थियो।

उक्त सभामा असम गोर्खा सम्मेलन केन्द्रीय समितिका सभापति श्री कृष्ण भुजेल तथा मुख्य मूल सचिव श्री लक्ष्मी सेँढ़ाईसहित केन्द्रीय नेतृत्वको उपस्थिति रहेको थियो। त्यसैगरी बिटिसि क्षेत्रीय समितिका सभापति श्री पिताम्बर पाठक, मूल सचिव श्री भुवन धमला लगायत पदाधिकारीहरू, अनेसासका केन्द्रीय साहित्य सचिव श्री लक्ष्मण अधिकारी, केन्द्रीय कार्यकारी सदस्य श्री राम उपाध्याय, बिटिसि क्षेत्रीय समितिका सभापति श्री भीष्म उपाध्याय, उदालगुडी जिल्ला समितिका सभापति श्री तिलबहादुर रेग्मी, मूल सचिव श्री दिपेन्द्र सापकोटा, महिला प्रकोष्ठ उदालगुडी जिल्ला समितिकी सभानेत्री श्रीमती कल्पना छेत्री, भारतीय गोर्खा परिसंघ बिटिसि क्षेत्रीय समितिका सभापति श्री गंगा पौडेल लगायत विभिन्न शाखा समितिका सभापति, मूल सचिव तथा बुद्धिजीवी वर्गको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। साथै शोणितपुर, विश्वनाथ, तामुलपुर र बाक्सा जिल्लाबाट आएका पदाधिकारीहरूको सहभागिताले सभालाई अझ व्यापक बनाएको थियो।

बिटिसिका उप प्रमुख तथा उदालगुडी विधानसभा समष्टिका विधायक श्री रिहन दैमारीज्यूको विशेष उपस्थितिमा सम्पन्न उक्त सभाले सर्वसम्मत रूपमा उहाँलाई स्वागतकारिणी समितिको सभापतिमा चयन गरेको छ। त्यसैगरी डा. रमेश दाहाललाई कार्यकारी सभापति तथा श्री सञ्जीव बुड़ाथोकीलाई मूल सचिवको जिम्मेवारी प्रदान गर्दै असम गोर्खा सम्मेलन केन्द्रीय समितिको २८औँ त्रि-वार्षिक अधिवेशनका निम्ति स्वागतकारिणी समिति गठन गरिएको छ।

सभामा प्राप्त जानकारीअनुसार सम्मेलनको २८औँ त्रि-वार्षिक अधिवेशन आगामी १०, ११, १२ र १३ दिसम्बर २०२६ मा उदालगुडीमा सम्पन्न हुने तय गरिएको छ। नवगठित स्वागतकारिणी समितिले निकट भविष्यमा पूर्णाङ्ग समिति गठन गर्दै अधिवेशनको सफल आयोजनाका लागि आवश्यक तयारीलाई तीव्रता दिने निर्णय समेत गरेको छ।

उक्त सभामा सहभागी वक्ताहरूले असम गोर्खा समाजको साझा संस्था असम गोर्खा सम्मेलनको ऐतिहासिक अधिवेशनलाई भव्य र सफल बनाउन सम्पूर्ण समाजका सबै वर्ग, संस्था तथा समुदायको सक्रिय सहयोग र सहभागिताको आवश्यकता रहेकोमा जोड दिएका थिए। साथै, अधिवेशनलाई गोर्खा समुदायको एकता, पहिचान तथा सामाजिक उत्थानको दिशामा एउटा महत्वपूर्ण अवसरका रूपमा लिँदै सम्पूर्णलाई सहकार्य र ऐक्यबद्धताका साथ अघि बढ्न आह्वान गरिएको थियो।

📤 Share this story
Scroll to Top