
उदालगुडी, १८ जुलाई २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) बिटिसी क्षेत्रीय समितिको आयोजनामा आज उदालगुडी जिल्ला कार्यालयमा नव निर्वाचित केन्द्रीय मूल सचिव श्री सोमराज सोनारलाई औपचारिक रूपमा अभिनन्दन तथा सम्मान गरिएको छ।
कार्यक्रममा बिटिसी क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहालज्यू तथा मूल सचिव श्री राजु सुवेदीज्यूको नेतृत्व रहेको थियो। उपस्थित वक्ताहरूले श्री सोमराज सोनारलाई संगठनको नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यार्थी तथा गोर्खा समुदायको हक हित तथा अधिकारको निम्ति अझ सशक्त, संगठित र प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
यस अवसरमा आग्सु केन्द्रीय समितिका माननीय भारप्राप्त सभापति श्री सञ्जीव चौहानज्यू, बिटिसी क्षेत्रीय समितिका उपसभापति श्री पूर्ण विष्टज्यू, वित्त सचिव श्री मणिराज छेत्रीज्यू, बाक्सा जिल्ला समितिका सभापति श्री दिपेन्द्र कार्कीज्यू, उदालगुडी जिल्ला समितिका मूल सचिव श्री किशोर सिरपाली, उपसभापति श्री संजीव खतिवडा तथा सांगठनिक सचिव श्री पवन खनाललगायत विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अभिनन्दन ग्रहण गर्दै श्री सोमराज सोनारले आफूलाई प्रदान गरिएको सम्मानप्रति बिटिसी क्षेत्रीय समिति तथा सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक आभार व्यक्त गरे। उनले संगठनको आदर्श, उद्देश्य र विद्यार्थी हितलाई केन्द्रमा राखी सबै तहका समितिसँग समन्वय गर्दै जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले संगठनलाई थप गतिशील, उत्तरदायी र जनमुखी बनाउन सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले नव नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै आग्सुलाई अझ सशक्त र एकताबद्ध संगठनका रूपमा अघि बढाउने सामूहिक प्रतिबद्धता दोहोर्याएका थिए। अभिनन्दन कार्यक्रमले संगठनभित्र आपसी एकता, सहकार्य र नेतृत्वप्रतिको विश्वासलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको थियो।
प्रतिवेदक: मणिराज छेत्री, वित्त सचिव।बिटिसी क्षेत्रीय समिति।