All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #41
July 30, 2026

पूव सदिया आञ्चलिक समितिमा शिक्षा विकाससम्बन्धी अन्तरक्रिया सम्पन्न

📅 July 30, 2026
✍️ AAGSU
🕒 12:06 AM

पूब सदिया, २९ जुलाई २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) अन्तर्गत पूव सदिया आञ्चलिक समितिको आयोजनामा गोर्खा समुदायको शिक्षा क्षेत्रलाई अझ प्रभावकारी, गुणस्तरीय तथा उन्नत बनाउने उद्देश्यले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा तिनिसुकिया जिल्ला समितिका शिक्षा सचिव श्री खेम क्षेत्री ज्यूले चार सदस्यीय प्रतिनिधिमण्डलसहित सहभागिता जनाउनुभएको थियो। छलफलका क्रममा गोर्खा समुदायको वर्तमान शैक्षिक अवस्था, विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयसँगको समन्वय, विद्यार्थीकेन्द्रित कार्यक्रम तथा आगामी दिनमा शिक्षा विभागलाई अझ सशक्त र सक्रिय बनाउने विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।

सहभागीहरूले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै संगठनका सबै तहले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखी योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए। साथै, विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समाजबीच समन्वय अभिवृद्धि गर्दै विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिइएको थियो।

छलफलमा प्राप्त सुझावहरूलाई आगामी कार्ययोजनामा समेटी गोर्खा समुदायको शिक्षा क्षेत्रको समग्र विकासका लागि संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यस्ता रचनात्मक अन्तरक्रिया तथा समन्वयात्मक कार्यक्रमले संगठनको शिक्षा विभागलाई थप प्रभावकारी र परिणाममुखी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक : राजेन क्षेत्री, सभापति, पूब सदिया आञ्चलिक समिति

📤 Share this story
Scroll to Top