All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #41
•
July 30, 2026

उत्कृष्ट शैक्षिक उपलब्धिका लागि रानी अधिकारी सम्मानित

📅 July 30, 2026
✍️ AAGSU
🕒 12:06 AM

मिसामारी, २७ जुलाई २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) अन्तर्गत मिसामारी आञ्चलिक समितिले मिसामारी निवासी बान्दरागी गाउँका श्री विष्णु अधिकारी ज्यूकी सुपुत्री रानी अधिकारीलाई उत्कृष्ट शैक्षिक उपलब्धिका लागि सम्मान गरेको छ।

रानी अधिकारीले गौहाटी विश्वविद्यालय अन्तर्गत दरङ कलेजबाट सन् २०२५ को बी.एस्सी. छैटौँ सेमेस्टर (अन्तिम) परीक्षामा गणित (मुख्य विषय) मा सर्वाधिक अंक प्राप्त गर्दै प्रथम श्रेणीमा उत्तीर्ण भई उल्लेखनीय सफलता हासिल गरेकी हुन्। उहाँको यस गौरवपूर्ण उपलब्धिको कदर गर्दै मिसामारी आञ्चलिक समितिले सम्मानपत्र प्रदान गरी सम्मान जनाएको हो।

सम्मान कार्यक्रममा वक्ताहरूले रानी अधिकारीको सफलताले अन्य विद्यार्थीहरूलाई पनि शैक्षिक उत्कृष्टताका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए। साथै, शिक्षा क्षेत्रमा निरन्तर परिश्रम र लगनशीलताबाट प्राप्त यस उपलब्धिले सम्पूर्ण गोर्खा समाजको गौरव बढाएको उल्लेख गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

मिसामारी आञ्चलिक समितिले रानी अधिकारीलाई हार्दिक बधाई तथा आगामी शैक्षिक एवं व्यावसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गरेको छ।

प्रतिवेदक : महेन्द्र अधिकारी, सभापति, मिसामारी आञ्चलिक समिति

📤 Share this story
Scroll to Top