
माजुली, २१ अगस्त २०२६: गत २१ अगस्त २०२६ का दिन NIT सिलचरबाट B.Tech परीक्षा सफलतापूर्वक उत्तीर्ण गरी मुम्बईस्थित रिलायन्स कम्पनीमा जागिर प्राप्त गर्न सफल भएका माजुली जिल्लाका प्रतिभाशाली युवा मिलन लुइटेललाई अखिल असम गोर्खा छात्र संघ (आग्सु), माजुली जिल्ला समितिको तर्फबाट हार्दिक बधाई तथा सम्बर्धना ज्ञापन गरिएको छ।
मिलन लुइटेलले NIT सिलचरबाट B.Tech परीक्षा सफलतापूर्वक उत्तीर्ण गरी मुम्बईको प्रतिष्ठित रिलायन्स कम्पनीमा रोजगारी प्राप्त गरेर आफ्नो परिवारसँगै सम्पूर्ण गोर्खा समाज तथा माजुली जिल्लाको नाम गौरवान्वित बनाएका छन्। उनको यस सफलताले गोर्खा विद्यार्थी तथा युवा पुस्तालाई शिक्षा र आफ्नो भविष्य निर्माणका लागि अझ मेहनत गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा आग्सु माजुली जिल्ला समितिले मिलन लुइटेललाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै उनको आगामी व्यावसायिक जीवन सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्ने कामना गरेको छ। साथै, उनको उपलब्धिलाई गोर्खा समाजका लागि गौरवको विषयका रूपमा लिँदै आगामी दिनमा पनि उनले आफ्नो कर्मक्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
मिलन लुइटेलको यो उपलब्धि मेहनत, लगनशीलता र दृढ संकल्पको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै आग्सु माजुली जिल्ला समितिले उनको सफलताबाट नयाँ पुस्ताले प्रेरणा लिने अपेक्षा व्यक्त गरेको छ।
प्रतिवेदक : दीपक कटुवाल–सभापति, माजुली जिल्ला समिति