All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #47
September 10, 2026

बान्दरगुरी आञ्चलिक समितिद्वारा केन्द्रीय मूल–सचिव सोमराज सोनारको स्वागत तथा अभिनन्दन

📅 September 10, 2026
✍️ AAGSU
🕒 12:06 AM

बान्दरगुरी, ८ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको मूल–सचिव पदको जिम्मेवारी प्राप्त गर्नुभएपछि पहिलोपटक बान्दरगुरी आञ्चलिक समितिमा पाल्नुभएका केन्द्रीय मूल–सचिव सोमराज सोनारलाई बान्दरगुरी आञ्चलिक समितिको तर्फबाट हार्दिक स्वागत तथा अभिनन्दन गरिएको छ।

यस अवसरमा केन्द्रीय मूल–सचिव सोमराज सोनारलाई गोर्खाली खद्दा ओढाई सम्मान गर्दै उहाँको आगामी सांगठनिक कार्यकालको पूर्ण सफलताको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। संगठनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उहाँले अखिल असम गोर्खा छात्र संघ (आग्सु) लाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गरिएको छ।

साथै, उहाँको कार्यकाल सफल, उपलब्धिमूलक तथा संगठनको हितमा समर्पित रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको थियो। संगठनको एकता, सांगठनिक सुदृढीकरण तथा आगामी कार्यदिशालाई प्रभावकारी बनाउने दिशामा उहाँको नेतृत्वदायी भूमिका रहने विश्वास पनि व्यक्त गरिएको थियो।

उक्त अभिनन्दन कार्यक्रममा उदालगुरी जिल्ला समितिका सहसचिव हेमराज छेत्री, सङ्गठनिक सचिव पवन खनाल तथा कार्यकारिणी सदस्य विकास भट्टराईको उपस्थिति रहेको थियो। त्यसैगरी बान्दरगुरी आञ्चलिक समितिका सभापति किरण अधिकारी, उपसभापति मनोज घिमिरे तथा उदालगुरी महाविद्यालय एकाइ समितिका सभापति ऋतिक छेत्रीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उपस्थित सबैले केन्द्रीय मूल–सचिव सोमराज सोनारको आगामी सांगठनिक यात्राको सफलताको कामना गर्दै संगठनलाई अझ मजबुत, एकताबद्ध र गतिशील बनाउन आ–आफ्नो स्थानबाट निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिवेदन:- कालिदास छेत्री शिक्षा सचिव बान्दरगुरी आञ्चलिक समितिका सभापति ।

📤 Share this story
Scroll to Top