All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #47
September 10, 2026

NEET परीक्षामा सफल पंकज बराललाई आग्सु सुनगाभा आञ्चलिक अन्तर्गत देउश्री शाखा समितिको समितिद्वारा अभिनन्दन

📅 September 10, 2026
✍️ AAGSU
🕒 12:06 AM

चिराङ, ७ सेप्टेम्बर: हालै सम्पन्न NEET परीक्षामा सफलता हासिल गर्न सफल चिराङ जिल्लाका पंकज बराललाई अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक समिति अन्तर्गत देउश्री शाखा समितिको टोलीले उहाँकै निवासस्थानमा पुगेर अभिनन्दन गरेको छ।

अभिनन्दन कार्यक्रममा आग्सु चिराङ जिल्ला समितिका सभापति निश्चल गिरी, सचिव रञ्जन भण्डारी, सुनगाभा आञ्चलिक समितिका सभापति नवीन थापा, उपसभापति दीपक शर्मा, सांगठनिक सचिव किरण नेपाल, शिक्षा सचिव पराग तिम्सिना, देउश्री शाखा समितिका सभापति मिलन गिरी, सचिव जीवन नेपाल, शिक्षा सचिव तुङ्गानाथ नेपाल, पूर्व आञ्चलिक सभापति शेखर लामा तथा भूतपूर्व हेडमेन राजु आचार्यको उपस्थिति रहेको थियो।

टोलीले पंकज बराललाई सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी शैक्षिक यात्राका लागि उज्ज्वल भविष्यको कामना गरेको थियो। साथै, उहाँको सफलता मेहनत, लगनशीलता र निरन्तर प्रयासको परिणाम भएको उल्लेख गर्दै यस उपलब्धिले युवा पुस्तालाई शिक्षा तथा प्रतिस्पर्धात्मक परीक्षाप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको थियो।

आग्सुका प्रतिनिधिहरूले आगामी दिनमा पनि प्रतिभाशाली तथा मेहनती विद्यार्थीहरूको हौसला बढाउन र शैक्षिक क्षेत्रमा सकारात्मक वातावरण निर्माण गर्न संगठनले निरन्तर सहयोग तथा प्रोत्साहन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिवेदक: श्री नवीन थापा, सभापति, सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top