
बाक्सा, मिति: अखिल असम गोर्खा छात्र संघ (AAGSU), बाक्सा जिल्ला समितिको पहलमा NEET 2026 परीक्षामा सफलता हासिल गरी MBBS अध्ययनका लागि सीट प्राप्त गर्न सफल बाक्सा जिल्लाका ६ जना गोर्खा विद्यार्थीलाई उनीहरूकै निवासमा पुगेर बधाई तथा अभिनन्दन गरिएको छ। विद्यार्थीहरूको यस उपलब्धिले उनीहरूका परिवारसँगै बाक्सा जिल्ला तथा असमको गोर्खा समुदायमा गौरव र उत्साहको वातावरण सिर्जना गरेको छ।
अभिनन्दन कार्यक्रममा AAGSU BTC क्षेत्रीय समितिका मूल–सचिव श्री राजु सुबेदीको समेत सहभागिता रहेको थियो। उहाँले सफल विद्यार्थी तथा अभिभावकहरूसँग भेटघाट गर्दै विद्यार्थीहरूको मेहनत, लगनशीलता र सफलताका लागि बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
यस क्रममा दादागाउँ निवासी तेजबहादुर कार्की र विष्णुमाया कार्कीका सुपुत्रीहरू मोनिषा कार्की र शीतल कार्कीले क्रमशः ५२३ र ४७७ अंक हासिल गरेका छन्। त्यस्तै, नवराज ढुंगेल र दमन्ती ढुंगेलकी सुपुत्री पूजा ढुंगेलले ६०० अंक हासिल गरी Shillong स्थित NEIGRIHMS अन्तर्गत MBBS अध्ययनका लागि सीट प्राप्त गरेकी छन्। हस्तिनापुर निवासी कमल भट्टराई र पवित्रा भट्टराईकी सुपुत्री अनिशा भट्टराईले ४४१ अंक तथा निकासी निवासी दिलप्रसाद गौतम र भानु गौतमका सुपुत्र विवेक गौतमले ५५१ अंक हासिल गरेका छन्।
AAGSU बाक्सा जिल्ला समितिले विद्यार्थीहरूको मेहनत, अनुशासन र उपलब्धिको प्रशंसा गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। साथै, गोर्खा विद्यार्थीहरूलाई उच्च शिक्षा तथा राष्ट्रियस्तरका प्रतिस्पर्धात्मक परीक्षातर्फ प्रेरित गर्न आगामी दिनमा पनि प्रतिभा सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिवेदक : श्रीमान पवन सोनारी, सुचना एवं प्रबिधि सचिव बाक्सा जिल्ला समिति