All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

NEET उत्तीर्ण पिंकी क्षेत्री र राज सिग्देललाई AAGSU होजाई जिल्ला समितिद्वारा बधाई

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:05 AM

होजाई, मिति: हालै सम्पन्न NEET परीक्षामा सफलता हासिल गरी गोर्खा समुदाय तथा होजाई जिल्लाको गौरव बढाउन सफल पिंकी क्षेत्री र राज सिग्देललाई अखिल असम गोर्खा छात्र संघ (AAGSU), होजाई जिल्ला समितिको तर्फबाट उहाँहरूकै निवासस्थानमा पुगेर हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

AAGSU होजाई जिल्ला समितिको प्रतिनिधिमण्डलले दुवै विद्यार्थीलाई भेट गरी उनीहरूको सफलताको प्रशंसा गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको थियो। पिंकी क्षेत्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा AAGSU प्रतिनिधिहरूको उपस्थितिमा उहाँको मेहनत र सफलताको प्रशंसा गरिएको थियो। त्यसैगरी, NEET परीक्षामा सफलता हासिल गरेका राज सिग्देललाई पनि उहाँकै निवासमा पुगेर बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

पिंकी क्षेत्रीलाई बधाई दिने कार्यक्रममा विकाश शर्मा, पवन अधिकारी तथा शिक्षा सचिव विशाल भट्टराईको उपस्थिति रहेको थियो। त्यस्तै, राज सिग्देललाई बधाई दिने क्रममा प्रितम निरौला, नवदीप तथा काकी आञ्चलिक सभापति राजकुमार लामाको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित AAGSU प्रतिनिधिहरूले दुवै विद्यार्थीको सफलता व्यक्तिगत तथा पारिवारिक उपलब्धिमा मात्र सीमित नरही सम्पूर्ण गोर्खा समुदाय र होजाई जिल्लाका विद्यार्थीहरूका लागि प्रेरणाको विषय भएको उल्लेख गरे। मेहनत, लगनशीलता र निरन्तर प्रयासबाट प्राप्त यस सफलताले अन्य विद्यार्थीहरूलाई पनि उच्च शिक्षा तथा राष्ट्रियस्तरका प्रतिस्पर्धात्मक परीक्षातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।

AAGSU होजाई जिल्ला समितिले पिंकी क्षेत्री र राज सिग्देलको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट सफलता हासिल गर्न हार्दिक शुभकामना व्यक्त गरेको छ।

प्रतिवेदक : विकाश शर्मा, मूल सचिव, होजाई जिल्ला समिति

📤 Share this story
Scroll to Top