
चिराङ, १ र २ अक्टोबर २०२६: चिराङ जिल्ला अन्तर्गत हिमाली आञ्चलिक भेगमा पर्ने मालीभित्ता शाखा समितिले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अवस्था, पढाइमा आइरहेका समस्या तथा घरमा भइरहेको अध्ययनको वातावरणबारे जानकारी लिन १ अक्टोबर २०२६ र २ अक्टोबर २०२६ का दिन घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमअन्तर्गत विद्यार्थी तथा अभिभावकहरूसँग प्रत्यक्ष भेटघाट गरी विद्यार्थीहरूको पढाइप्रतिको रुचि, विद्यालय तथा कक्षामा नियमित उपस्थिति, अध्ययनका क्रममा आइरहेका समस्या तथा घरमा अध्ययन गर्ने वातावरणबारे जानकारी लिइएको थियो। साथै, विद्यार्थीहरूलाई आफ्नो पढाइप्रति अझ बढी सचेत, अनुशासित र जिम्मेवार बन्न प्रेरित गरिएको थियो।
कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय तथा कक्षामा नियमित रूपमा उपस्थित हुन, समयको सदुपयोग गर्न र पढाइप्रति विशेष ध्यान दिन आग्रह गरिएको थियो। लामो समयसम्म कक्षा वा अध्ययनमा नियमितता नदेखिएका विद्यार्थीहरूलाई समेत आफ्नो शैक्षिक भविष्यप्रति गम्भीर र जिम्मेवार बन्न प्रेरित गरिएको थियो।
विद्यार्थीहरूको शैक्षिक प्रगतिमा विद्यालयको भूमिकासँगै अभिभावक तथा परिवारको भूमिका पनि महत्वपूर्ण हुने भएकाले अभिभावकहरूलाई आफ्ना छोराछोरीको पढाइप्रति नियमित चासो राख्न तथा आवश्यक साथ, सहयोग र घरमा उचित अध्ययन वातावरण प्रदान गर्न आग्रह गरिएको थियो।
घरदैलो कार्यक्रमका क्रममा विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र शैक्षिक अवस्थाबारे जानकारी लिइएको थियो। यसबाट विद्यार्थीहरूलाई पढाइमा थप केन्द्रित गराउन तथा अभिभावकलाई आफ्ना छोराछोरीको शैक्षिक प्रगतिप्रति थप सचेत बनाउन सहयोग पुगेको छ।
विद्यार्थीहरूको उज्ज्वल भविष्य र शैक्षिक सुधारलाई केन्द्रमा राख्दै घरदैलोमै पुगेर विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्ने मालीभित्ता शाखा समितिको यो पहल सराहनीय रहेको छ। विद्यार्थीहरूको शैक्षिक अवस्था बुझ्दै उनीहरूलाई निरन्तर अध्ययनतर्फ प्रेरित गर्ने यस अभियानले समुदायमा सकारात्मक सन्देश दिएको छ।
विद्यार्थी, अभिभावक, विद्यालय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै शैक्षिक सुधार तथा उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस महत्वपूर्ण अभियानका लागि मालीभित्ता शाखा समितिप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
प्रतिवेदक : खेमराज छेत्री-उप-सभापति, , चिराङ जिल्ला समिति