All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #51
•
October 8, 2026

KBRD AAGSU कलेज एकाइ समिति गठन सम्पन्न

📅 October 8, 2026
✍️ AAGSU
🕒 12:07 AM

उदालगुरी, २४ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुरी जिल्ला समिति अन्तर्गत कलागुरु विष्णु राभा डिग्री कलेज (KBRD) महाविद्यालयमा नयाँ कलेज एकाइ समिति गठन गरिएको छ।

२४ सेप्टेम्बर २०२६ का दिन आयोजित गठन कार्यक्रममा सौरभ उपाध्यायज्यूले सभापतित्व गर्नुभएको थियो। कार्यक्रममा अखिल असम गोर्खा छात्र संघको उद्देश्य, विद्यार्थीमाझ संगठनको आवश्यकता तथा कलेज एकाइ गठनको महत्वबारे लाया प्रसाद उपाध्यायज्यूले प्रकाश पार्नुभएको थियो।

कार्यक्रमका क्रममा कलागुरु विष्णु राभा डिग्री कलेज (KBRD) को नवगठित महाविद्यालय एकाइ समितिको सभापतिमा अभिनाश पाठक र मूल–सचिवमा सुरज उपाध्याय चयन हुनुभएको छ। उहाँहरूको नेतृत्वमा पूर्णाङ्क महाविद्यालय एकाइ समिति गठन गरिएको छ।

गठन कार्यक्रममा ओराङ आञ्चलिक समितिका पूर्व सभापति तथा उदालगुरी जिल्ला समितिका पूर्व सचिव लाया प्रसाद उपाध्याय, उदालगुरी जिल्ला समितिका नवनियुक्त सचिव नवकुमार शर्मा, प्रचार सचिव सौरभ उपाध्याय, कार्यकारिणी सदस्य राजेश, ओराङ आञ्चलिक समितिका सभापति विशाल उपाध्याय, उपसभापति दिवस चाम्लागाईं, सहायक सचिव खगेन बास्कोटालगायत धनश्रीघाट आञ्चलिक समितिका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

नवगठित कलेज एकाइले कलेजमा अध्ययनरत गोर्खा विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक, सामाजिक तथा नेतृत्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, विद्यार्थीहरूको हकहित तथा शैक्षिक वातावरण सुधारका लागि एकाइ समितिले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिवेदक : कालिदास छेत्री–शिक्षा सचिव, बन्दरगुरी आञ्चलिक समिति

📤 Share this story
Scroll to Top