All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #51
•
October 8, 2026

टोकौबारी आञ्चलिक समितिको पुनर्गठन सभा सम्पन्न

📅 October 8, 2026
✍️ AAGSU
🕒 12:06 AM

टोकौबारी, २९ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) अन्तर्गत टोकौबारी आञ्चलिक समितिको पुनर्गठन सभा २९ सेप्टेम्बर २०२६ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। सभाले संगठनलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउने उद्देश्यका साथ नयाँ कार्यसमिति गठन गरेको हो।

पुनर्गठन सभाबाट टोकौबारी आञ्चलिक समितिको सभापतिमा श्री राजु पोखरेल तथा मूल–सचिवमा श्री प्रकाश मास्के चयन हुनुभएको छ। नवनिर्वाचित सभापति तथा मूल–सचिवलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

आगामी दिनहरूमा नवनिर्वाचित कार्यसमितिले समाज, संगठन तथा विद्यार्थीहरूको हक–हितका लागि सक्रियतापूर्वक कार्य गर्दै संगठनको उद्देश्य र सिद्धान्तलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ। साथै, स्थानीय स्तरमा संगठनलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यार्थी तथा युवाहरूलाई संगठनसँग जोड्ने दिशामा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

पुनर्गठन सभामा विश्वनाथ जिल्ला गोर्खा छात्र संघका भारप्राप्त सभापति श्री तरुण उपाध्याय, खेलकुद सचिव श्री चिन्मय रिजाल, जिल्ला सदस्य श्री पंकज भराली तथा श्री विजय छेत्रीको गरिमामय उपस्थिति रहेको थियो। उपस्थित पदाधिकारी तथा प्रतिनिधिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

सभाले नयाँ नेतृत्वसँगै टोकौबारी आञ्चलिक समितिले संगठनको गतिविधिलाई थप गतिशील बनाउँदै समाज र विद्यार्थी समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

प्रतिवेदक : श्री चिन्मय रिजाल, खेलकुद सचिव, विश्वनाथ जिल्ला गोर्खा छात्र संघ

📤 Share this story
Scroll to Top