All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #52
•
October 15, 2026

तेजपुर मेडिकल कलेज तथा अस्पतालमा आग्सु युनिट गठन, प्रतिक्षी देवी सभापति र रुपम शर्मा मूल–सचिवमा चयन

📅 October 15, 2026
✍️ AAGSU
🕒 12:04 AM

तेजपुर, ७ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), शोणितपुर जिल्ला समितिको पहलमा तेजपुर मेडिकल कलेज तथा अस्पतालमा आग्सु युनिट गठन गरिएको छ। केन्द्रीय समितिका संगठनिक सचिव श्री दीपक सुब्बाज्यूको गरिमामय उपस्थितिमा सम्पन्न गठन कार्यक्रममा प्रतिक्षी देवीलाई सभापति तथा रुपम शर्मालाई मूल–सचिवको जिम्मेवारी प्रदान गर्दै २१ सदस्यीय युनिट समिति गठन गरिएको हो।

तेजपुर मेडिकल कलेज तथा अस्पतालमा अध्ययनरत गोर्खा विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको हक, अधिकार र समस्याका विषयमा सामूहिक आवाज उठाउने उद्देश्यले गठित यस युनिटले आगामी दिनमा विद्यार्थीहरूको हित तथा शैक्षिक विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नवगठित युनिटका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै आग्सु, शोणितपुर जिल्ला समितिले उनीहरूको सफल कार्यकालको कामना गरेको छ। यस युनिटको गठनले मेडिकल कलेजमा अध्ययनरत गोर्खा विद्यार्थीहरूबीच एकता, सहकार्य र सांगठनिक सक्रियतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

प्रतिवेदक : चन्द्र गौतम-सचिव, शोणितपुर जिल्ला समिति।

📤 Share this story
Scroll to Top