All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #54
•
October 29, 2026

डंकामूकाममा HPCF सँग गोर्खा सङ्घ–संस्थाका प्रतिनिधिहरूको महत्त्वपूर्ण बैठक सम्पन्न

📅 October 29, 2026
✍️ AAGSU
🕒 12:05 AM

डंकामूकाम, २५ अक्टोबर २०२६: पश्चिम कार्बी आङ्लोङ जिल्लाको डंकामूकामस्थित इरिगेसन आई.बी. (Irrigation IB) मा हिल पिपुल्स कल्चरल फोरम (HPCF) सँग विभिन्न गोर्खा सङ्घ–संस्थाका प्रतिनिधिहरूको महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।

बैठकमा अखिल असम गोर्खा छात्र संघ (AAGSU), पश्चिम कार्बी आङ्लोङ जिल्ला समितिका सभापति गोपाल भट्टराई, असम गोर्खा सम्मेलन, पश्चिम कार्बी आङ्लोङ जिल्ला समितिका मूल–सचिव राजु भट्टराई, असम नेपाली साहित्य सभा, पश्चिम कार्बी आङ्लोङ जिल्ला समितिका सभापति गणेश छेत्री तथा मूल–सचिव जीवन होमागाईं, भारतीय गोर्खा परिसङ्घ, कार्बी आङ्लोङ क्षेत्रीय समितिका मूल–सचिव भूमिराज रिमाल, गोर्खा सांस्कृतिक समाजका सभापति बलराम थापा तथा कार्यकारी सभापति राणबहादुर रोका लगायत विभिन्न गोर्खा सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा कार्बी आङ्लोङ क्षेत्रमा गोर्खा समुदायको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक विरासत तथा समाजप्रतिको योगदानका विषयमा विस्तृत छलफल गरियो। यसका साथै, आगामी १५ डिसेम्बरमा डंकामूकाममा आयोजना हुन गइरहेको HPCF को ११औँ स्थापना दिवस समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सहकार्य र समन्वयका विषयमा समेत विशेष छलफल भएको थियो।

बैठकले गोर्खा सङ्घ–संस्थाहरू र HPCF बीच आपसी समझदारी, एकता, सहकार्य तथा समन्वयलाई थप सुदृढ बनाउने दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। HPCF ले कार्बी आङ्लोङ तथा पश्चिम कार्बी आङ्लोङ क्षेत्रका विभिन्न समुदायबीच शान्ति, एकता र सद्भाव कायम गर्दै आ-आफ्नो पहिचान तथा सांस्कृतिक विरासतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्य गर्दै आएको छ।

समुदायबीच पारस्परिक सम्मान, सहअस्तित्व र सहकार्यलाई प्रोत्साहन गर्दै क्षेत्रको सामाजिक तथा सांस्कृतिक एकतालाई थप मजबुत बनाउनु बैठकको प्रमुख उपलब्धिका रूपमा रहेको छ।

प्रतिवेदक : रोशन शर्मा–कार्यकारी सदस्य पश्चिम कार्बी आङलङ जिल्ला समिति

📤 Share this story
Scroll to Top