All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #55
•
November 5, 2026

जतन प्रधानकी धर्मपत्नी स्वर्गीय चन्द्रकला प्रधानप्रति माकुम आञ्चलिक आग्सुद्वारा भावपूर्ण श्रद्धाञ्जली

📅 November 5, 2026
✍️ AAGSU
🕒 12:06 AM

माकुम, ३ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), तिनसुकिया जिल्ला समितिका सांगठनिक सचिव जतन प्रधानकी धर्मपत्नी स्वर्गीय चन्द्रकला प्रधानको असामयिक निधनप्रति आग्सु माकुम आञ्चलिक समितिले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

स्वर्गीय चन्द्रकला प्रधानको गत २५ अक्टोबर २०२६ का दिन आकस्मिक निधन भएको थियो। १० अक्टोबर १९८६ मा जन्मिनुभएकी उहाँले श्रीमान्, सासू-ससुरा, एक छोरी तथा एक छोरालाई शोकाकुल अवस्थामा छोडेर यस संसारबाट सदाका लागि बिदा हुनुभएको हो।

उहाँको असामयिक निधनले प्रधान परिवारमा अपूरणीय क्षति पुर्‍याउनुका साथै आफन्त, इष्टमित्र तथा उहाँसँग आत्मीय सम्बन्ध राख्ने सम्पूर्ण व्यक्तिहरूलाई गहिरो मर्माहत बनाएको छ।

यस दुःखद घडीमा आग्सु माकुम आञ्चलिक समितिका सभापति मिलन अधिकारी, मूल सचिव प्रियेन्दु थापा तथा उपसभापति मित्र उपाध्यायले संयुक्त रूपमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति एवं सद्गतिको कामना गरेका छन्। साथै, यस असह्य वियोग सहन गर्ने शक्ति, धैर्य र आत्मबल ईश्वरले शोकाकुल परिवारलाई प्रदान गरून् भनी प्रार्थना गरेका छन्।

यसैगरी, तिनसुकिया जिल्ला समितिका कार्यालय सचिव मृदुल शर्मा तथा स्वयंसेवक प्रमुख सत्यजित प्रधानले पनि दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

प्रतिवेदक : मिलन अधिकारी, सभापति माकुम आञ्चलिक समिति

📤 Share this story
Scroll to Top