All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #35
June 18, 2026

अखिल असम गोर्खा छात्र संघ बाक्सा जिल्ला समितिद्वारा के.पी. भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी, शीघ्र स्वास्थ्यलाभको कामना

📅 June 18, 2026
✍️ AAGSU
🕒 12:05 AM

बाक्सा, १७ जुनः अखिल असम गोर्खा छात्र संघ (आग्सु) बाक्सा जिल्ला समितिको एक प्रतिनिधिमण्डलले आज आग्सु बाक्सा आञ्चलिक समितिका सभापति चन्दन भुसालका पिता, आग्सुका शुभचिन्तक, नेपाली साहित्य सभा का संयोजक तथा समाजसेवी आदरणीय के.पी. भुसालको निवासमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।

प्रतिनिधिमण्डलले के.पी. भुसालसँग भेटघाट गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको थियो। यस अवसरमा आग्सुका पदाधिकारीहरूले समाज, भाषा, साहित्य तथा सामुदायिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने शुभेच्छा व्यक्त गरे।

भेटघाटका क्रममा उपस्थित टोलीले कठिन परिस्थितिमा परिवारजनलाई धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामना गर्दै संगठन सदैव उहाँहरूको साथमा रहेको विश्वास दिलाएको थियो। साथै, समाजका अग्रज व्यक्तित्वहरूको स्वास्थ्य र कल्याणप्रति संगठन संवेदनशील रहेको उल्लेख गर्दै के.पी. भुसालको पूर्ण स्वास्थ्यलाभका लागि शुभकामना व्यक्त गरियो।

आग्सु बाक्सा जिल्ला समितिले आदरणीय के.पी. भुसालको स्वास्थ्यमा शीघ्र सुधार भई उहाँ पुनः समाजसेवा, साहित्यिक तथा सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन सकून् भन्ने कामना व्यक्त गरेको छ।

प्रतिवेदक: सुमन ढुङ्गेल- प्रचार सचिव, बाक्सा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top