
मिति ९ अक्टोबर २०२६ का दिन अखिल असम गोर्खा छात्र संघ (आग्सु), लंका महाविद्यालय इकाइको प्रतिनिधि सभा आग्सु होजाई जिल्ला समितिको मातहतमा लंका महाविद्यालय परिसरमा इकाइकी निवर्तमान सभापति सुश्री बिनिता देवीको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भयो।
उक्त कार्यक्रममा आग्सु होजाई जिल्ला समितिका सभापति श्री प्रितम छेत्री, लंका महाविद्यालय आग्सु इकाइका प्रमुख सल्लाहकार तथा आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिका सदस्य श्री रोशन शर्मा र लंका महाविद्यालय आग्सु इकाइका सल्लाहकार श्री पंकज रिजालको गरिमामय उपस्थिति रहेको थियो।
उक्त प्रतिनिधि सभामार्फत सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यकारिणी समिति गठन गरियो। नवगठित समितिमा सुश्री बोनिता देवी सभापति तथा श्री राहुल छेत्री महासचिव पदमा निर्वाचित हुनुभएको छ।
नव निर्वाचित सभापति, मूल सचिव लगायत सम्पूर्ण कार्यकारिणी समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। नयाँ समितिले एकता, समर्पण र प्रतिबद्धताका साथ विद्यार्थीहरूको हकहितका लागि कार्य गर्दै संगठनको गरिमा, विकास र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ।
नवगठित लंका महाविद्यालय आग्सु इकाइलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
प्रतिवेदक : रोशन शर्मा,कार्यकारणी सदस्य- पश्चिम कार्बी आङलङ जिल्ला समिति ।