All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #52
•
October 15, 2026

बङ्गाईगाउँ विश्वविद्यालय आग्सु एकाइद्वारा गोर्खा फ्रेशर्स कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक

📅 October 15, 2026
✍️ AAGSU
🕒 12:07 AM

बङ्गाईगाउँ, १० अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बङ्गाईगाउँ विश्वविद्यालय इकाइको आयोजनामा हालै सम्पन्न २३औँ नवागत छात्र–छात्रा स्वागत समारोह तथा शैक्षिक जागरूकता एवम प्रेरणादायी कार्यक्रम ‘गोर्खा फ्रेशर्स’ को आय–व्यय विवरण सार्वजनिक गर्ने उद्देश्यले १० अक्टोबर २०२६ का दिन एक महत्त्वपूर्ण बैठक सम्पन्न भयो।

उक्त बैठकमा आग्सु बङ्गाईगाउँ जिल्ला समितिका सभापति, मूलसचिव लगायत अन्य पदाधिकारीहरू, आञ्चलिक समिति तथा विश्वविद्यालय इकाईका पदाधिकारी र सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकमा सम्पन्न ‘गोर्खा फ्रेशर्स’ कार्यक्रमको सम्पूर्ण आय–व्यय विवरण (लेखा परीक्षण प्रतिवेदन) पारदर्शी रूपमा प्रस्तुत गरियो। कार्यक्रमको आर्थिक पक्षबारे विस्तृत छलफल गर्दै प्राप्त रकम तथा खर्चको विवरण सहभागीहरूसमक्ष पेस गरियो। साथै, कार्यक्रमबाट बचत भएको रकम विश्वविद्यालय इकाईको आगामी कार्यकालमा सञ्चालन गरिने शैक्षिक, सामाजिक तथा सङ्गठनात्मक गतिविधिहरूमा सदुपयोग गरिने जानकारी गराइयो।

यसै अवसरमा बङ्गाईगाउँ विश्वविद्यालय आग्सु इकाईद्वारा पहिलोपटक प्रकाशित मुखपत्र ‘गोर्खा मञ्जरी’ उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई वितरण गरियो। मुखपत्रको प्रकाशनलाई इकाईको साहित्यिक, शैक्षिक तथा बौद्धिक गतिविधितर्फको महत्त्वपूर्ण पहलका रूपमा लिइएको छ।

बैठकमा आगामी दिनमा इकाईका गतिविधिहरूलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा समेत विचार–विमर्श गरियो। विभिन्न महत्त्वपूर्ण विषयमा छलफल तथा विचार आदानप्रदान गर्दै बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो।

प्रतिवेदक: श्री योगेश गिरी, सूचना एवं प्रविधि सचिव, बङ्गाईगाउँ जिला समिति।

📤 Share this story
Scroll to Top