
लङ्का, १२ अक्टोबर २०२६: लङ्का महाविद्यालय आग्सु एकाइको आयोजनामा ११ अक्टोबर २०२६ का दिन लङ्का उच्च माध्यमिक विद्यालय, लङ्कामा महाविद्यालय एकाइको शपथ ग्रहण समारोह तथा गोर्खा फ्रेशर्स कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका साहित्य सचिव श्री कुलदीप क्षेत्री, होजाई जिल्ला समितिका सभापति श्री प्रितम छेत्री, उपसभापति श्री पवन अधिकारी, मूल–सचिव श्री विकास शर्मा, शिक्षा सचिव श्री विशाल भट्टराईलगायत अन्य सदस्यहरूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी, आग्सु पश्चिम कार्बी आङ्लोङ जिल्ला समितिका शिक्षा सचिव श्री सागर गौतम, सांस्कृतिक सचिव श्री पिंकु पौडेल तथा जिल्ला समितिका सदस्य एवं लङ्का महाविद्यालय आग्सु एकाइका सल्लाहकार श्री रोशन शर्माको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रममा हावाइपुर उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा आदरणीय गुरु श्री खेमानन्द घिमिरे, श्री पंकज रिजाल, लङ्का महाविद्यालय आग्सु एकाइका सल्लाहकार श्री अभिनाश राई, आग्सु आम्रेङ–कपिली आञ्चलिक समितिका सल्लाहकार श्री चन्द्रप्रसाद शर्मा तथा उपसभापति श्री गोबिन कार्कीलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा लङ्का महाविद्यालयका गोर्खा छात्रछात्राका साथै होजाई रवीन्द्रनाथ ठाकुर विश्वविद्यालय, होजाई गर्ल्स कलेज तथा लुम्डिङ महाविद्यालयका गोर्खा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुका साथै विद्यार्थीहरूबीच आपसी सद्भाव, एकता र सङ्गठनप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने अवसर प्रदान गर्यो।
कार्यक्रममा उपस्थित अतिथिहरूले लङ्का महाविद्यालय आग्सु एकाइको यस पहलको प्रशंसा गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकप्रति शुभकामना व्यक्त गर्नुभयो। विद्यार्थी, अतिथि तथा आयोजकहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण अतिथि, विद्यार्थी, आयोजक तथा सहयोगीहरूप्रति लङ्का महाविद्यालय आग्सु एकाइले हार्दिक आभार व्यक्त गरेको छ।
प्रतिवेदक : रोशन शर्मा, कार्यकारिणी सदस्य, आग्सु पश्चिम कार्बी आङ्लोङ जिल्ला समिति