All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #52
•
October 15, 2026

स्वर्गीय तेजमाया देवीप्रति आग्सु उदालगुडी जिल्ला समितिद्वारा श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारप्रति समवेदना।

📅 October 15, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, १४ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिका सभापति श्री विकाश शर्माको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले स्वर्गीय तेजमाया देवीज्यूको निवासस्थानमा उपस्थित भई उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

उक्त प्रतिनिधिमण्डलले स्वर्गीय तेजमाया देवीज्यूका सुपुत्र तथा असम गोर्खा सन्मेलन, बीटीसी क्षेत्रीय समितिका मूल सचिव श्री भुवन धमलाज्यूलगायत परिवारका सम्पूर्ण सदस्यहरूसँग भेटघाट गरी यस दुःखद घडीमा परिवारप्रति ऐक्यबद्धता प्रकट गरेको थियो।

स्वर्गीय तेजमाया देवीज्यूको जन्म १६ डिसेम्बर १९४० मा भएको थियो भने उहाँको दुःखद निधन ४ अक्टोबर २०२६ मा भएको थियो। उहाँ एक समर्पित, स्नेही तथा समाजसेवी स्वभावकी महिला हुनुहुन्थ्यो। आफ्नो जीवनकालमा उहाँले परिवारप्रति देखाउनुभएको माया, स्नेह र जिम्मेवारीले उहाँलाई परिवारको एक महत्त्वपूर्ण अभिभावकका रूपमा स्थापित गरेको थियो। उहाँको निधनले परिवारमा अपूरणीय क्षति पुगेको छ भने समाजले पनि एक असल अभिभावक गुमाएको छ।

यस अवसरमा आग्सु उदालगुडी जिल्ला समितिका प्रतिनिधिहरूले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए। साथै, यस असह्य दुःखलाई सहन गर्ने धैर्य र शक्ति परिवारका सम्पूर्ण सदस्यहरूले प्राप्त गरून् भन्ने कामना गरेका थिए।

आग्सु उदालगुडी जिल्ला समितिले स्वर्गीय तेजमाया देवीज्यूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्ति तथा सद्गतिको कामना गरेको छ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गर्दै समितिले परिवारजनलाई धैर्य धारण गर्न शक्ति मिलोस् भन्ने प्रार्थना गरेको छ।

प्रतिवेदक: श्री सञ्जय छेत्री, शिक्षा सचिव, उदालगुडी जिला समिति।

📤 Share this story
Scroll to Top