
रुनिखाता, २५ सेप्टेम्बर २०२६: विद्यार्थीहरूको हक–हित संरक्षण, शैक्षिक विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा संगठनलाई महाविद्यालयस्तरसम्म थप सुदृढ बनाउने उद्देश्यले अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुनगाभा आञ्चलिक समितिको पहल तथा रुनिखाता शाखा समितिको सहयोगमा रुनिखाता कलेजमा आग्सु एकाई समिति गठन गरिएको छ।
समिति गठन कार्यक्रममा आग्सु सुनगाभा आञ्चलिक समितिका सभापति श्री नवीन थापा, आग्सु केन्द्रीय समितिका खेलकुद सचिव श्री गणेश छेत्री, BTC क्षेत्रीय समितिका सहसचिव श्री नारायण भट्टराई, आग्सु चिराङ जिल्ला समितिका सभापति श्री निश्चल गिरी, रुनिखाता कलेजका उपप्राचार्य श्री हेमन्त शर्मा, सुनगाभा आञ्चलिक समितिका इन्चार्ज सचिव श्री दया लामा, आञ्चलिक समितिका पूर्व सभापति श्री टंकमणि घिमिरे, पूर्व शिक्षक तथा वरिष्ठ साहित्यकार श्री कमलनाथ शर्मा, वरिष्ठ साहित्यकार श्री लोकमान सुब्बा, रुनिखाता गाउँका गाउँबुढा श्री हर्खबहादुर गुरुङ, शिक्षक श्री भीमलाल नेपाल, रुनिखाता शाखा समिति आग्सुका सभापति श्री आयुष अधिकारी तथा पूर्व सभापति श्री वरुण शर्मालगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा रुनिखाता कलेजका ठूलो संख्यामा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा नवगठित रुनिखाता कलेज आग्सु शाखा समितिको सभापतिमा सुश्री नरमाया विश्वकर्मा तथा मूल सचिवमा श्री केशव घिमिरे चयन हुनुभएको छ। साथै, विद्यार्थीहरूको हक–हित, शैक्षिक अधिकार, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय रूपमा कार्य गर्ने उद्देश्यसहित नयाँ समिति गठन गरिएको हो।
कार्यक्रममा वक्ताहरूले विद्यार्थी जीवनमा संगठनात्मक एकता, अनुशासन, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वको महत्वबारे चर्चा गर्दै नवगठित समितिले विद्यार्थीका शैक्षिक तथा सामाजिक विषयलाई प्राथमिकतामा राखेर रचनात्मक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
रुनिखाता कलेजमा आग्सु शाखा समितिको गठनसँगै विद्यार्थी संगठनलाई थप व्यवस्थित, सक्रिय र सशक्त बनाउने दिशामा महत्वपूर्ण कदम अघि बढेको विश्वास व्यक्त गरिएको छ। नवगठित समितिले विद्यार्थीहरूको हक–हित तथा शैक्षिक विकासका क्षेत्रमा जिम्मेवार र रचनात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित सभापति सुश्री नरमाया विश्वकर्मा, मूल सचिव श्री केशव घिमिरेलगायत सम्पूर्ण नवगठित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
प्रतिवेदक: नवीन थापा-सभापति, सुनगाभा आञ्चलिक समित