All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #50
•
October 1, 2026

दुधनै कलेजमा अखिल असम गोर्खा छात्र संघको एकाइ गठन

📅 October 1, 2026
✍️ AAGSU
🕒 12:07 AM

दुधनै, २६ सेप्टेम्बर २०२६: दुधनै कलेजमा गोर्खा छात्र संघको एकाइ औपचारिक रूपमा गठन गरिएको छ। गोर्खा विद्यार्थीहरूबीच एकता, नेतृत्व विकास तथा शैक्षिक र सामाजिक क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यसहित गठन गरिएको यस एकाइलाई विद्यार्थी संगठनको क्षेत्रमा महत्वपूर्ण नयाँ सुरुवातका रूपमा लिइएको छ।

गठित एकाइको सभानेत्रीका रूपमा बिनिता ठकुरी तथा सचिवका रूपमा देबाशिष काफ्ले चयन हुनुभएको छ। नवनिर्वाचित नेतृत्वलाई गोर्खा विद्यार्थी संघ, गोलपारा जिल्ला समितिको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

यस महत्वपूर्ण पहलका लागि अनुमति प्रदान गर्नुका साथै आवश्यक सहयोग र प्रोत्साहन प्रदान गर्नुभएकोमा दुधनै कलेजका प्रिन्सिपल डा. ललित चन्द्र राभा महोदयप्रति जिल्ला समितिले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

कलेजमा एकाइ गठनसँगै विद्यार्थीहरूलाई संगठित गर्दै नेतृत्व विकास, आपसी एकता र विद्यार्थी हितका विषयमा सक्रिय रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। आजको यो सुरुवातले भविष्यमा सशक्त विद्यार्थी नेतृत्व निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक : नारायण चापागाईं, कार्यवाहक सभापति, गोलपारा जिल्ला समिति

📤 Share this story
Last Story in Issue →
Scroll to Top