All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #4
November 13, 2025

अखिल असम गोर्खा छात्र संघ (AAGSU) बाक्सा आञ्चलिक समितिद्वारा निशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न

📅 November 13, 2025
✍️ AAGSU
🕒 12:11 AM

बाक्सा, ७ नोभेम्बर २०२५ — अखिल असम गोर्खा छात्र संघ (AAGSU) बास्का जिल्ला समिति अन्तर्गत बास्का आञ्चलिक समितिको आयोजनामा आञ्चलिक कार्यलय परिसरमा एक दिवसीय निशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरको उद्घाटन जिल्ला सभापति पारशमणि पराजुलिले गर्नु भयो। उक्त अवसरमा आञ्चलिक उप–सभापति जगन पौडेल, मूल–सचिव चन्दन भुसाल, तथा अन्य पदाधिकारीहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो।

स्वास्थ्य परीक्षण शिविरमा स्थानीय बासिन्दा, विद्यार्थी, र विभिन्न सामाजिक सङ्गठनका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो। शिविरमा उपस्थित चिकित्सकद्वारा रगतचाप, मधुमेह, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवाहरू प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन आञ्चलिक समितिका मूल–सचिव चन्दन भुसालले गर्नुभएको थियो भने कार्यक्रम समापनमा जिल्ला सभापति पारशमणि पराजुलिले यस्तो सामाजिक उत्तरदायित्वपूर्ण कार्यले गोर्खा समाजमा स्वास्थ्यप्रतिको जागरूकता अभिवृद्धि गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

AAGSU बास्का आञ्चलिक समितिले आगामी दिनमा यस्ता जनसेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

प्रेरक: चन्दन भुषाल-मूल-सचिव, बाक्सा आञ्चलिक समिति (आग्सु)

📤 Share this story
Scroll to Top