All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #12
January 8, 2026

आञ्चलिक (AAGSU) को चौथो वार्षिक गोर्खा क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न, बी.एन. शाखा समिति विजयी

📅 January 8, 2026
✍️ AAGSU
🕒 12:06 AM


बामुनजुलि ४ जानुवारी: आञ्चलिक (AAGSU) को चौथो वार्षिक गोर्खा क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न, बी.एन. शाखा समिति विजयीबामुनजुलि आञ्चलिक समिति (AAGSU) अन्तर्गत प्रत्येक वर्ष आयोजना हुँदै आएको गोर्खा क्रिकेट प्रतियोगिता यस वर्ष कालिखोला शाखा समितिको आयोजनामा तथा बामुनजुलि आञ्चलिक समितिको पूर्ण सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको छ।
कालिखोला हाटखोला बजारस्थित खेल मैदानमा सञ्चालन गरिएको चौथो वार्षिक गोर्खा क्रिकेट प्रतियोगिता आज, अंग्रेजी मिति ४ जनवरी २०२६ (आइतबार), भव्य रूपमा समापन भएको छ। बामुनजुलि आञ्चलिक अन्तर्गत रहेका विभिन्न शाखा समितिहरूबीच सञ्चालन गरिएको प्रतियोगितामा उत्कृष्ठ खेल कौशल, जोश, उत्साह र संगठनात्मक अनुशासनको उत्कृष्ट प्रदर्शन देखियो।
प्रतियोगिताको फाइनल खेल बी.एन. शाखा समिति र कालिखोला शाखा समितिबीच सम्पन्न भएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल खेलमा बी.एन. शाखा समितिले कालिखोला शाखा समितिलाई पराजित गर्दै चौथो वार्षिक गोर्खा क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भयो। उपविजेता बनेको कालिखोला शाखा समितिले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकहरूको मन जित्न सफल भयो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका उज्ज्वल भुजेलले न केवल Man of the Match, तर Man of the Tournament को उपाधि पनि जित्दै प्रतियोगितामा विशेष आकर्षणको केन्द्र बने।
आज सम्पन्न पुरस्कार वितरण तथा समापन समारोहमा बामुनजुलि आञ्चलिक समितिका सभापति श्रीमान् रतन शर्मा, मूल–सचिव श्रीमान् भानु लामा, उप–सभापति श्रीमान् पदम राउत, उदालगुडी जिल्ला समितिका कार्यकारिणी सदस्य श्रीमान् रूपम अत्रेय र श्रीमान् गोविन्द छेत्री, शिक्षक श्रीमान् रुद्र उपाध्याय लगायत आञ्चलिक समितिका विभिन्न पदाधिकारीहरू उपस्थित थिए। साथै, ठूलो संख्यामा खेलप्रेमी दर्शकहरूको उपस्थितिले समारोहको महत्त्व र भव्यता बढाएको थियो।
यस प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने बामुनजुलि आञ्चलिक समितिका खेलप्रेमी महानुभावहरू, आयोजक कालिखोला शाखा समिति, सहभागी सबै शाखा समितिहरू, खेलाडीहरू तथा दर्शक महानुभावहरूप्रति बामुनजुलि आञ्चलिक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
यस्ता खेलकुद प्रतियोगिताले न केवल संगठनात्मक एकता र आपसी भाइचारा सुदृढ पार्छ, तर युवाहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ भन्ने विश्वास लिइएको छ। आगामी दिनहरूमा पनि यस प्रकारका प्रतियोगिता, खेलकुद कार्यक्रम र युवा प्रेरणादायी आयोजनाहरूमा सबैको निरन्तर साथ, सहयोग र सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतिवेदन: जीवन राई-खेलकुद सचिव, बामुनजुलि आञ्चलिक समिति (आग्सु)।

📤 Share this story
Scroll to Top