All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #46
September 3, 2026

बङगाईगाउँ जिल्ला समिति आग्सुद्वारा शहीद मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवस श्रद्धापूर्वक सम्पन्न

📅 September 3, 2026
✍️ AAGSU
🕒 12:05 AM

बङगाईगाउँ, २५ अगस्त २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङाईगाउँ जिल्ला समिति तथा आञ्चलिक समितिहरूको संयुक्त आयोजनामा जातीय शहीद मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवस आज किसान बजारस्थित संसारी भवनमा श्रद्धापूर्वक सम्पन्न भएको छ।

बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रममा शहीद मेजर दुर्गा मल्लप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्र, समाज तथा गोर्खा समुदायका लागि उहाँले पुर्‍याउनुभएको योगदान र दिनुभएको अतुलनीय बलिदानको स्मरण गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले मेजर दुर्गा मल्लको साहस, देशभक्ति, त्याग र राष्ट्रप्रतिको समर्पण आज पनि सम्पूर्ण गोर्खा समुदायका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघका पदाधिकारी तथा सदस्यहरूका साथै स्थानीय गोर्खा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शहीद मेजर दुर्गा मल्लको आदर्श, साहस र बलिदानलाई आत्मसात् गर्दै उहाँको योगदान तथा इतिहासलाई भावी पुस्तासम्म जीवित राख्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले मेजर दुर्गा मल्लको बलिदान इतिहासको एउटा महत्वपूर्ण अध्याय मात्र नभई राष्ट्रप्रतिको निष्ठा, कर्तव्यपरायणता, साहस र समर्पणको प्रेरणादायी उदाहरण भएको बताउनु भयो।

भावपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा शहीद मेजर दुर्गा मल्लप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान र बलिदानलाई सदैव स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

मेजर दुर्गा मल्ल अमर रहून्। सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

प्रतिवेदन: योगेश गिरी-सूचना तथा प्रविधि सचिव,बङाईगाउँ जिल्ला समिति

📤 Share this story
Scroll to Top