
२९ जुलाई २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङगाईगाउँ जिल्लाको बाढ राहत सहयोग अभियान अन्तर्गत आग्सु बङगाईगाउँ टाउन आञ्चलिक समितिले जनमानस तथा पसलहरूमा राहत सहयोग संकलन अभियान सफलतापूर्वक सञ्चालन गर्दै बाढ पीडित परिवारहरूको लागि आर्थिक सहयोग संकलन गरेको थियो।
३० जुलाई २०२६ का दिन संकलित सहयोग रकम औपचारिक रूपमा आग्सु बङगाईगाउँ जिल्ला समितिलाई हस्तान्तर गरियो। उक्त रकम जिल्ला समितिको तर्फबाट मूल सचिव सुश्री बिनिता नेवार तथा सूचना एवं प्रविधि सचिव श्री योगेश गिरिले ग्रहण गर्नुभयो।
आग्सु बङगाईगाउँ जिल्ला समितिले यस मानवीय अभियानलाई सफल बनाउन बङगाईगाउँ टाउन आञ्चलिक समितिले गरेको समर्पित प्रयासप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। साथै, यस अभियानमा आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दाताहरू, व्यवसायीहरू, शुभेच्छुकहरू तथा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै, संकलित सहयोग रकम बाढपीडित परिवारहरूलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन प्रयोग गरिने जानकारी गराइन्छ।
प्रतिवेदक: योगेश गिरि, सूचना एवं प्रविधि सचिव-बङगाईगाउँ जिल्ला समिति