
खुसुराबारी हाबी, ०९ अगस्ट: अखिल असम गोर्खा छात्र संघ, खुसुराबारी हाबी आञ्चलिक अन्तर्गत खुसुराबारी हाबी निवासी स्वर्गीय नेत्रबहादुर बोहोरा ज्यूको १३औँ दिनको काजक्रियाको अवसरमा अखिल असम गोर्खा छात्र संघ, खुसुराबारी हाबी आञ्चलिक समितिको तर्फबाट शोक तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा आञ्चलिक समितिका प्रतिनिधिहरूले स्वर्गीय बोहोरा ज्यूको परिवारजनप्रति समवेदना प्रकट गर्दै शोकपत्र प्रदान गरेका थिए। स्वर्गीय बोहोरा ज्यूको निधनले परिवार, आफन्तजन तथा स्थानीय समाजमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सो अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँको आत्माले स्वर्गमा बास पाऊन् भन्ने प्रार्थनासहित उपस्थित सम्पूर्णले एक मिनेट मौनधारण गरेका थिए।
खुसुराबारी हाबी आञ्चलिक समितिले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकाकुल परिवारलाई यस दुःखद घडीमा धैर्य र साहस धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
प्रतिवेदक: श्री समीर थापा, सभापति, खुसुराबारी हाबी आञ्चलिक समिति।