All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #41
July 30, 2026

आग्सु बङगाईगाउँ जिल्ला समितिकाे बर्धित कार्यकारिणी सभा तथा नवनिर्वाचित केन्द्रीय वित्त सचिव श्री रिजु छेत्रीलाई विशेष अभिनन्दन अनुष्ठान सम्पन्न।

📅 July 30, 2026
✍️ AAGSU
🕒 12:05 AM

बङगाईगाउँ, २६ जुलाई २०२६: आज अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङगाईगाउँ जिल्ला समितिद्वारा गोर्खा अतिथिशाला, उमानाथ देवालय, बङगाईगाउँमा बर्धित कार्यकारिणी सभा सफलतापूर्वक सम्पन्न गरियो। जिला समितिका सभापति श्री प्रभाकर छेत्रीज्यू अध्यक्षतमा सम्पन्न सभालाई सञ्चालन गर्नु हुन्छ जिल्ला समितिका मुल सम्पादिका श्री विनिता नेवारले। उक्त सभामा जिल्ला समितिका पदाधिकारी साथै सदस्यहरूको उपस्थिति रहेको थियो। साथै, विभिन्न आञ्चलिक समितिका सभापति, मुल सचिव, आञ्चलिक कर्मीको बाक्लो उपस्थिति रही संगठन सुदृढीकरणका विविध विषय तथा भावी कार्ययोजनामाथि विस्तृत छलफल गर्दछन्।

उक्त सभामा जिल्ला समितिद्वारा हालसम्म सम्पन्न भएका गतिविधिहरूको समीक्षा गर्नुका साथै सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रगतिबारे विस्तृत मूल्याङ्कन गरियो। आग्सुद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम तथा संगठनात्मक गतिविधिहरूबारे समेत छलफल गर्दै संगठनलाई अझ सशक्त बनाउने र विद्यार्थी तथा गोर्खा समुदायको हितमा आगामी दिनमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विषयमा निर्णय गरियो।

त्यसैगरी, बङगाईगाउँ विश्वविद्यालय एकाइलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरियो। विद्यार्थी तथा समग्र समाजको हितलाई मध्यनजर गर्दै उक्त एकाइलाई थप र सशक्त बनाउँदै यसको विकास र विस्तारका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरियो।

कक्षा १२मा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई उचित मार्गदर्शन तथा सहयोग प्रदान गर्न आग्सुले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि गम्भीर छलफल गरियो। विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक भविष्यलाई सहज बनाउन आवश्यक प्रदान गर्ने निर्णयसमेत गरियो।

कार्यक्रमकै अवसरमा आग्सु बङगाईगाउँ जिल्ला समितिले केन्द्रीय आग्सुको वित्त सचिव पदमा निर्वाचित श्री रिजु छेत्रीज्यूलाई विशेष सम्मान तथा बधाई ज्ञापन गर्‍यो। समितिले उहाँको यस महत्वपूर्ण उपलब्धिप्रति शुभकामना व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्‍यो। साथै, केन्द्रीय समितिले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै संगठनको उन्नति तथा विद्यार्थी समुदायको हितमा समर्पित भएर कार्य गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरियो।

बैठकको अन्त्यमा जिल्ला समिति तथा आञ्चलिक समितिका सम्पूर्ण नेतृत्वहरुको सक्रिय सहभागिता, रचनात्मक सुझाव तथा संगठनप्रतिको समर्पणप्रति मुल सम्पादिक द्वारा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापनका साथ सभापति द्वारा सभा सम्पन्न घोषणा हुन्छ।

प्रतिवेदन: योगेश गिरि, सूचना एवं प्रविधि सचिव, बङगाईगाउँ जिल्ला समिति

📤 Share this story
Scroll to Top