All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #41
July 30, 2026

उदालगुरीमा दुई विशिष्ट व्यक्तित्वलाई शैक्षिक उपलब्धिका लागि सम्मान

📅 July 30, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुरी, २५ जुलाई २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) का उदालगुरी जिल्ला समिति र उदालगुरी आञ्चलिक समितिको संयुक्त टोलीले दुई विशिष्ट व्यक्तित्वको निवासमा पुगेर सम्मान तथा बधाई ज्ञापन गरेको छ।

टोलीले शिक्षा विषयमा पीएच.डी. (Ph.D.) उपाधि हासिल गर्नुभएकी डा. लमिता क्षेत्री ज्यूलाई उहाँको उल्लेखनीय शैक्षिक उपलब्धिका लागि हार्दिक बधाई ज्ञापन गर्दै सम्मान व्यक्त गरेको थियो। साथै, डा. सर्वपल्ली राधाकृष्णनको स्मृतिमा प्रदान गरिने प्रतिष्ठित ‘गुरु चरित्र पुरस्कार’ बाट सम्मानित हुनुभएका श्री मोहन कुमार राउत ज्यूलाई पनि बधाई तथा सम्मान व्यक्त गरिएको थियो।

सम्मानका क्रममा दुवै व्यक्तित्वको उपलब्धिले उदालगुरी जिल्ला मात्र नभई सम्पूर्ण गोर्खा समाजलाई गौरवान्वित बनाएको उल्लेख गर्दै शिक्षा, समाज र राष्ट्र निर्माणमा उहाँहरूको योगदान प्रेरणादायी रहेको धारणा व्यक्त गरिएको थियो। आगामी दिनमा पनि उहाँहरूको ज्ञान, अनुभव र सेवाले समाजलाई अझ समृद्ध बनाउँदै लैजाओस् भन्ने शुभकामना टोलीका सदस्यहरूले व्यक्त गरेका थिए।

उक्त सम्मान टोलीमा उदालगुरी जिल्ला समितिका कार्यकारिणी सदस्य श्री मनोज कुमार राउत, उदालगुरी आञ्चलिक समितिका कार्यवाहक सभापति श्री कुमार कार्की, उपसभापति श्री चन्दन थापा र श्री पंकज खत्रीओडा, मूल–सचिव श्री अर्जुन थापा, सचिव श्री बिट्टु विश्वकर्मा र श्री भूपेन भट्टराई, खेलकुद सचिव श्री निखिल क्षेत्री तथा उदालगुरी आञ्चलिक समितिका पूर्व मूल–सचिव श्री टङ्क मगरको उपस्थिति रहेको थियो।

प्रतिवेदक : मनोज कुमार राउत, कार्यनिर्वाहक सदस्य, उदालगुरी जिल्ला समिति

📤 Share this story
Scroll to Top