All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #40
July 23, 2026

आग्सु खौराङ आञ्चलीक द्वारा स्वतन्त्रता सेनानी सहित मेजर दुर्गा मल्ल स्मृति फुटबल प्रतियोगिता–२०२६ का लागि स्वागतकारिणी समिति गठन।

📅 July 23, 2026
✍️ AAGSU
🕒 12:06 AM

खौराङ २२ जुलाई: अखिल असम गोर्खा छात्र संघ, खौराङ आञ्चलिक समितिको आयोजनामा सम्पन्न हुने “स्वतन्त्रता सेनानी सहिद मेजर दुर्गा मल्ल स्मृति फुटबल प्रतियोगिता–२०२६” लाई सफल, व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आञ्चलिक समितिको कार्यालयमा आञ्चलिक समितिका सभापति बिर बाहादुर छेत्रीको सभापतित्वमा र मुल सचिव अभिषेक महन्तको सञ्चालनमा एक साधारण सभा सम्पन्न गरियो।
उक्त सभामा उपस्थित आग्सु जिल्ला पदाधिकारी, अगोस जिल्ला र शाखा पदाधिकारी, आञ्चलिक कर्मकर्ता साथै उपदेष्टाहरूबीच प्रतियोगिताको तयारी, व्यवस्थापन, अतिथि सत्कार, प्रचार–प्रसार, आर्थिक व्यवस्थापन तथा अन्य आवश्यक पक्षहरूबारे विस्तृत छलफल गरियो। छलफलपछि सर्वसम्मत निर्णयमार्फत प्रतियोगितालाई सफल बनाउन एक स्वागतकारिणी समिति गठन गरियो।
गठित स्वागतकारिणी समितिमा सभापति: श्रीमान पूर्ण छेत्री, कार्यकारी सभापति: श्रीमान टेक बहादुर प्रधान, उप-सभापति: श्रीमान किशोर सिर्पाली र श्रीमान डण्डपानी पौडेल, मुल सचिव: श्रीमान किशोर सिर्पाली,(आग्सु उदालगुड़ी जिल्ला समितिका मुल सचिव) सह-सचिव: श्रीमान तिलक गौतम र श्रीमान बाबुराम बस्नेत, कोषाध्यक्ष: श्रीमान भरत कटुवाल, प्रचार सचिव: श्रीमान शान्ता सिर्पाली, खेल सचिव: श्री नगेन्द्र लिम्बु र श्रीमान जयन्त बसुमातारी, कार्यालय सचिव: भुवन छेत्री र ईन्द्र मगर यस प्रकार एउटा दर्बिलो स्वागतकारिणी समिति गठन हुन्छ ।
गठित स्वागतकारिणी समितिलाई प्रतियोगिता सँग सम्बन्धित सम्पूर्ण आवश्यक तयारी, विभिन्न उपसमितिहरूसँग समन्वय, अतिथि स्वागत, खेल सञ्चालनमा सहयोग तथा समग्र व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ। साथै, समितिले स्थानीय समाज, शुभेच्छुक, खेलप्रेमी तथा जन मानशहरूसँग सहकार्य गर्दै प्रतियोगितालाई भव्य र सफल बनाउन आवश्यक कार्यहरू अघि बढाउने निर्णय गरिएको छ।
सभामा उपस्थित सम्पूर्ण सदस्यहरूले स्वतन्त्रता सेनानी तथा अमर शहीद मेजर दुर्गा मल्लको योगदानलाई स्मरण गर्दै खेलकुदमार्फत समाजमा एकता, अनुशासन, राष्ट्रिय भावना र युवाहरूमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यका साथ प्रतियोगितालाई ऐतिहासिक रूपमा सफल पार्ने प्रतिबद्धता व्यक्त गरे।
अन्त्यमा सभाका अध्यक्षले उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै सबैको सक्रिय सहयोग र सहभागिताबाट प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्दै सभा समापन भएको घोषणा गर्नुभयो।

प्रतिवेदन : नारायण छेत्री, सचिव, आग्सु खौराङ आञ्चलिक समिति

📤 Share this story
Scroll to Top