All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #12
January 8, 2026

आग्सु गरमपानी आञ्चलिक समितिको तेस्रो द्विवार्षिक प्रतिनिधि सभा सम्पन्न, नयाँ समिति सर्वसम्मत रूपमा गठन

📅 January 8, 2026
✍️ AAGSU
🕒 12:06 AM

गरमपानी,4 जानुवारी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) गरमपानी आञ्चलिक समितिको तेस्रो द्विवार्षिक प्रतिनिधि सभा गरमपानी क्षेत्रको गरमपानी नेपाली बस्ती रंगमञ्च (सामुदायिक भवन) मा सफलतापूर्वक सम्पन्न भएको छ। संगठनलाई थप सुदृढ, अनुशासित र जनमुखी बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त प्रतिनिधि सभामा विभिन्न तहका नेतृत्त्व, सल्लाहकार, प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको अध्यक्षता आग्सु गरमपानी आञ्चलिक समितिका सभापति श्री प्रकाश शर्माले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ, डिमा हसाओ जिल्ला समितिका सभापति श्री उत्तम घर्ती उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा आग्सु डिमा हसाओ जिल्ला समितिका पूर्व सभापति श्री जीवन शर्माको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा आग्सु डिमा हसाओ जिल्ला समितिका सल्लाहकार श्री बाला कृष्ण शर्मा, जिल्ला मूल–सचिव श्री विवेकानन्द जैशी, केन्द्रीय कार्यकारिणी सदस्य श्री दिलीप छेत्री, जिल्ला सचिव श्री विष्णु बराल तथा जिल्ला कार्यकारिणी सदस्य श्री यमलाल घिमिरेको पनि उल्लेखनीय सहभागिता रहेको थियो। यसका साथै आग्सु गरमपानी आञ्चलिक समितिका सल्लाहकार श्री मधु शर्मा र श्री शेरबहादुर प्रधान, तथा गरमपानी नेपाली बस्तीका सभापति श्री कुमार राईको उपस्थिति रहेको थियो।
प्रतिनिधि सभामा विगत कार्यकालको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, संगठन विस्तार, सामाजिक उत्तरदायित्व, सांस्कृतिक संरक्षण, खेलकुद, स्वास्थ्य तथा विद्यार्थी अधिकारका विषयमा विस्तृत छलफल गरियो। अतिथिहरूले आग्सुले गोर्खा विद्यार्थी तथा समुदायको हक–हितका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय, उत्तरदायी र एकताबद्ध भएर अघि बढ्न सुझाव दिनुभएको थियो।


सभाले सर्वसम्मत रूपमा नयाँ आञ्चलिक समितिको गठन गरेको छ। नवगठित समितिको सभापतिमा कमल शर्मा चयन हुनुभएको छ। उप–सभापतिहरूमा राजेश राई, नीलु दार्जी, गौतम लामा, युवराज उपाध्याय र मोनिराम उपाध्याय चयन हुनुभएको छ। संगठनको मूल–सचिवमा रोहित छेत्री चयन हुनुभएको छ भने सचिवहरूमा रणजीत छेत्री, अजय तामाङ, पारसुराम छेत्री, टीका देवी घिमिरे र बलराम रेग्मी चयन हुनुभएको छ। संगठनिक सचिवहरूमा रुपा तामाङ, चन्दु शर्मा, पदम बराल र अनु छेत्री चयन हुनुभएको छ।
त्यसैगरी प्रचार सचिवमा भीम बहादुर घिमिरे, बिजय छेत्री र राजु मगर, शिक्षा सचिवमा विशाल जैसी तथा सह शिक्षा सचिवमा दीपक बराल चयन हुनुभएको छ। मुखपत्र सचिवमा आशा लामा र विशाल छेत्री, सांस्कृतिक सचिवमा रुक्मिणी शर्मा तथा सहायक सांस्कृतिक सचिवमा पूजा गिरी चयन हुनुभएको छ। कार्यालय सचिवमा फरेन्द्र छेत्री र इशा सुबेदी, स्वयंसेवक प्रमुखमा गणेश गिरी र लाला तामाङ, खेलकुद सचिवमा मदन शर्मा तथा सहायक खेलकुद सचिवमा निखिल शर्मा चयन हुनुभएको छ। वित्त सचिवमा नोविन राई, साहित्य सचिवमा विवेक जोइशी, स्वास्थ्य सचिवमा सुमन शर्मा र विकास मगर तथा आई.टी. सचिव मा आकाश राई चयन हुनुभएको छ। कार्यकारिणी सदस्यहरूमा गोविन थामी, विवेक छेत्री, केशव लामा, सुभाष लामा, सिता राई, शिवा गुरुङ, रुक्मिणी ठाकुरी, अमित राई, आयुष सार्की, प्रकाश शर्मा, तिलु माया छेत्री, आकाश तामाङ, राम छेत्री, प्रेम छेत्री, प्रतिभा छेत्री, रोमा गिरी, इशा गिरी, अनिल राई र राहुल तामाङ चयन हुनुभएको छ।
प्रतिनिधि सभाको अन्त्यमा नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त बनाउने, विद्यार्थीका समस्या समाधानमा अग्रसर रहने र सामाजिक दायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरियो। सभाले आग्सु गरमपानी आञ्चलिक समितिले आगामी दिनमा संगठन र समुदायका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।
प्रतिवेदन: बिबेकानन्द जैसी-मूल सचिव, डिमा हासाओ जिला समिति(आग्सु)।

📤 Share this story
Scroll to Top