All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #40
July 23, 2026

आग्सु सुनगाभा आञ्चलिक समितिद्वारा केन्द्रीय खेल सचिव गणेश क्षेत्रीलाई भव्य सम्मान।

📅 July 23, 2026
✍️ AAGSU
🕒 12:06 AM

शान्तिपुर, १९ जुलाई : अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक समितिको आयोजनामा नवनिर्वाचित केन्द्रीय खेल सचिव श्री गणेश क्षेत्री ज्यूलाई विशेष सम्मान तथा अभिनन्दन गरिएको छ। आञ्चलीक समितीको सभापति श्री नवीन थापाको सभापतित्वमा सम्पन्न भएको सभालाई सञ्चालन गर्दछन् आञ्चलिक समितिका मुल सचिव श्री बुद्धिमान लामाले। आञ्चलिक समितिको मुख्य कार्यालय शान्तिपुर गोर्खा भवनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक तथा सांगठनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा असम गोर्खा सम्मेलन केन्द्रीय समितिका उपसभापति श्री दामोदर दाहाल ज्यू अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै आग्सु बि.टि.आर. क्षेत्रीय समितिका संगठनिक सचिव श्री जीवन पाठक ज्यू, असम गोर्खा सम्मेलन चिराङ जिल्ला समितिका सभापति श्री सूर्य बस्नेत ज्यू, कार्यकारिणी सभापति श्री दिलमान भट्टराई ज्यू, सचिव श्री राजु कटवाल ज्यू, असम नेपाली साहित्य सभा चिराङ जिल्ला समितिका कोषाध्यक्ष श्री राजबहादुर प्रधान ज्यू, आग्सु चिराङ जिल्ला समितिका पूर्व मूल सचिव श्री आज्ञा बस्नेत ज्यू, S-UGPO Welfare Association चिराङ जिल्ला समितिका सचिव श्री कृष्ण पोखरेल ज्यू, शान्तिपुरका हेडम्यान श्री तिलक कटवाल ज्यू तथा शिक्षक श्री हेमन्त बस्नेत ज्यूलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी आग्सु सुनगाभा आञ्चलिक समितिका उपसभापति श्री शुभम नेवार ज्यू, सहसचिव श्री दया लामा ज्यू, अरुणोदय क्लबका उपसभापति श्री सन्तोष सापकोटा ज्यू, आग्सु शान्तिपुर शाखा समितिका सभापति श्री इन्द्र बस्नेत ज्यू, निजलगुरी शाखा समितिका सभापति श्री भुवन भट्टराई ज्यू, रुनीखाता शाखा समितिका मूल सचिव श्री उत्सव शर्मा ज्यू, पूर्व सभापति श्री वरुण शर्मा ज्यू, शिक्षा सचिव श्री देबोजित शर्मा ज्यू तथा पूर्व मूल सचिव श्री कृष्ण दाहाल ज्यूको समेत गरिमामय उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै श्री गणेश क्षेत्रीले आफूलाई प्रदान गरिएको सम्मानप्रति आयोजकप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यार्थी, युवा तथा खेलकुद क्षेत्रको विकासका लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा वक्ताहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सुदृढ र गतिशील बनाउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार विभिन्न सामाजिक संघ–संस्था, बुद्धिजीवी, समाजसेवी, युवा तथा स्थानीय जनमानसको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक बनाएको थियो।

प्रतिबेदक: श्री नवीन थापा, सभापति, अखिल असम गोर्खा छात्र संघ, सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top