All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

स्वर्ण पदक विजेता हंसराज बराईलीलाई कोक्राझार जिल्ला समिति द्वारा अभिनन्दन

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:05 AM

कोक्राझार, पाटगाउँ ०९ जुन २०२६ : अखिल असम गोर्खा छात्र संघ (AAGSU) कोक्राझार जिल्ला समितिले कोक्राझार जिल्लाको पाटगाउँ निवासी समाज सेवी , जाति प्रेमी , आग्सु प्रेमी आदरणीय तुलसी प्रसाद बराईली तथा कल्पना बराईलीका सुपुत्र हंसराज बराईली लाई हालै सम्पन्न भएको WAKO Kick Boxing Championship 2026 मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गर्न सक्षम बनेकोमा अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिले अभिनन्दन गरेको छ।

हंसराज बराईलीले आफ्नो अथक मेहनत, अनुशासन, लगनशीलता र खेलप्रतिको समर्पणद्वारा यो गौरवपूर्ण सफलता हासिल गर्नुभएको छ। उहाँको यो उपलब्धिले केवल परिवारको मात्र नभई सम्पूर्ण पाटगाउँ, कोक्राझार जिल्ला तथा असमभरिका गोर्खा समुदायको शिर उच्च बनाएका छन। खेलकुदको क्षेत्रमा प्राप्त यो ऐतिहासिक सफलताले युवा पुस्तालाई प्रेरणा प्रदान गर्नुका साथै भविष्यमा अझ उच्च लक्ष्य प्राप्त गर्न उत्साहित बनाउने विश्वास लिइएको छ।

यस गौरवमय अवसरमा अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिको टोली उहाँको निवासमा पुगेर सम्मान तथा अभिनन्दन गर्न पाउँदा अत्यन्त गर्व महसुस गरेको छ। हंसराज बराईलीजस्ता प्रतिभाशाली युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ उत्कृष्ट प्रदर्शन गरी देश, राज्य र समुदायको नाम उज्ज्वल बनाइरहनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, यो अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीको आधार पनि हो। हंसराज बराईलीले प्राप्त गर्नुभएको यो सफलता सम्पूर्ण युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँको समर्पण, संघर्ष र निरन्तर प्रयासले सफलता अवश्य प्राप्त हुन्छ भन्ने सन्देश समाजमा प्रवाह गरेको छ।

स्वर्ण पदक विजेता हंसराज बराईलीलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको आगामी खेल जीवन अझ सफल, उज्ज्वल र गौरवपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । साथै, उहाँलाई यस उचाइसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अभिभावक, प्रशिक्षक, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीहरू प्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछ।

प्रतिवेदक :- भुवन पौडेल,सचिव( IT incharge) कोक्राझार जील्ला समिति

📤 Share this story
Scroll to Top