All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #1
October 23, 2025

जोरहाटमा भव्य रूपमा सम्पन्न “गोर्खा छात्र मिलन २०२५”

📅 October 23, 2025
✍️ AAGSU
🕒 12:02 AM

जोरहाट, १८ अक्टोबर २०२५: अखिल असम गोर्खा छात्र संघ (AAGSU), जोरहाट जिल्ला अन्तर्गत विश्वविद्यालय र महाविद्यालय इकाइहरूको साझा पहलमा वार्षिक गोर्खा फ्रेसर्स तथा भेटघाट कार्यक्रम “गोर्खा छात्र मिलन २०२५” आज CKB अडिटोरियम, जोरहाटमा हर्षोल्लासका साथ सम्पन्न भयो। यो पहिलो पटक जिल्लास्तरीय रूपमा जोरहाटमा आयोजना गरिएको थियो। यसअघि यस्ता छात्र मिलनहरू केवल जे.बि. विश्वविद्यालयमा सीमित थिए।

कार्यक्रमको मुख्य अतिथिको रूपमा केन्द्रिय समितिका सभापति श्री सुनील छेत्री उपस्थित हुनु भयो। त्यस्तै, केन्द्रिय समितिका प्रचार सचिव श्री सोमराज सोनार, शोणितपुर जिल्ला समितिका सभापति श्री दीपक सुब्बा, र जोरहाट जिल्ला समितिका सभापति श्री आकाश राणा विशेष अतिथिको रूपमा उपस्थित रहनुभयो।

साथै, अन्य प्रमुख अतिथिहरूमा जे.बि. विश्वविद्यालयका सहकारी प्राध्यापक श्री लुक बहादुर छेत्री, आमा संगठन, असम गोर्खा सम्मेलन-जोरहाट जिल्ला, AJYCP जोरहाट जिल्ला, ताई अहोम सोसाइटी, र JBU मिसिङ स्टडी सर्कलका प्रतिनिधिहरू सहभागी रहनुभयो।

कार्यक्रममा विभिन्न उच्च शिक्षण संस्थाका विद्यार्थीहरू उपस्थित थिए, जसमा जे.बि. विश्वविद्यालय, काजीरंगा विश्वविद्यालय, जोरहाट इन्जिनियरिङ्ग कलेज, जोरहाट मेडिकल कलेज एण्ड हस्पिटल, बहोना कलेज, CKB कमर्स कलेज, असम एग्रीकल्चर विश्वविद्यालय, र प्रिन्स अफ वेल्स, जोरहाट समावेश थिए।

सभापति श्री सुनील छेत्रीले विद्यार्थीहरूबीच एकता, सहकार्य र गोर्खा पहिचानको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले आपसी सद्भाव र आत्मीयता बढाउन विद्यार्थीहरूलाई विशेष सन्देश दिनुभयो।

कार्यक्रमको सांस्कृतिक कार्यक्रममा देउसी-भैलो, आशिक, ग्रुप डान्स, बिहू नृत्य, सोलो डान्स र सोलो गीत जस्ता प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए, जसले उपस्थित सबैलाई रमाइलो र अविस्मरणीय अनुभव प्रदान गर्यो।

अखिल असम गोर्खा छात्र संघ (AAGSU) का आयोजक, विशेषगरी आशिष शर्मा,ले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी वर्ष अझ ठूलो उत्सवको योजना बनाइरहेको जानकारी गराए

📤 Share this story
Scroll to Top